कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै कञ्चनपुरमा सरकार विरोधी प्रदर्शन

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै बुधवार कञ्चनपुर जिल्लामा सरकारविरोधी प्रदर्शन भएको छ ।

 

महिला,बालवालिकामैत्री क्वारेन्टिन,आइसोलेसन व्यवस्थित नभएको, महामारीमा पनि सासंद को तलव भक्ता बढाइएको तथा कोरोना परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, एमसिसि सम्झौता देशको हितमा नरहेको लगायतका विषय उठाउँदै जिल्लाको महेन्द्रनगरमा युवाहरूले सरकार विरोधी प्रदर्शन गरेका हुन् ।

कोरोना नियन्त्रणका लागी सरकार गम्भिर नभएको जनताको स्वास्थ्य सम्म खेलिरहेकोले आफुहरुले सरकार विरोधी प्रदर्शन गरेको विद्यार्थी धिरज जोशीले बताए ।

उनले भने ‘सरकारको लापरवाहीले गर्दा लम्कीमा क्वारेन्टिन भित्र एम महिलामाथी बलत्कार भयो । क्वारेन्टिन व्यवस्थित नहुदाँ धेरैले क्वारेन्टिनमा ज्यान गुमाएनु प¥यो ।’ ‘तर अझै सरकार चुप बसेको छ । मजाक गरीरहेको छ । गम्भिर हुन सकेको छैन ।’ विद्यार्थी जोशीले भने ।

अब सरकारका यस्ता गलत गतिविधिलाई हेरेर युवाहरु चुप नबस्ने र यो प्रदर्शन जब सम्म सरकार जिम्मेबार सरकार बन्दैन तब सम्म जारी राख्ने युवा विद्यार्थी जोशीले बताए ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै युवाहरु स्वस्फूर्त प्रदर्शनमा उत्रिएका हुन् ।

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?