कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै कञ्चनपुरमा सरकार विरोधी प्रदर्शन

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै बुधवार कञ्चनपुर जिल्लामा सरकारविरोधी प्रदर्शन भएको छ ।

 

महिला,बालवालिकामैत्री क्वारेन्टिन,आइसोलेसन व्यवस्थित नभएको, महामारीमा पनि सासंद को तलव भक्ता बढाइएको तथा कोरोना परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, एमसिसि सम्झौता देशको हितमा नरहेको लगायतका विषय उठाउँदै जिल्लाको महेन्द्रनगरमा युवाहरूले सरकार विरोधी प्रदर्शन गरेका हुन् ।

कोरोना नियन्त्रणका लागी सरकार गम्भिर नभएको जनताको स्वास्थ्य सम्म खेलिरहेकोले आफुहरुले सरकार विरोधी प्रदर्शन गरेको विद्यार्थी धिरज जोशीले बताए ।

उनले भने ‘सरकारको लापरवाहीले गर्दा लम्कीमा क्वारेन्टिन भित्र एम महिलामाथी बलत्कार भयो । क्वारेन्टिन व्यवस्थित नहुदाँ धेरैले क्वारेन्टिनमा ज्यान गुमाएनु प¥यो ।’ ‘तर अझै सरकार चुप बसेको छ । मजाक गरीरहेको छ । गम्भिर हुन सकेको छैन ।’ विद्यार्थी जोशीले भने ।

अब सरकारका यस्ता गलत गतिविधिलाई हेरेर युवाहरु चुप नबस्ने र यो प्रदर्शन जब सम्म सरकार जिम्मेबार सरकार बन्दैन तब सम्म जारी राख्ने युवा विद्यार्थी जोशीले बताए ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै युवाहरु स्वस्फूर्त प्रदर्शनमा उत्रिएका हुन् ।

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?