उदयदेव बहुउद्देश्यीय सहकारी द्धारा स्वास्थ्य सामग्री वितरण

महेन्द्रनगर । कञ्चनपुर स्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यहरु लाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सहकारीले आफ्ना सम्पूर्ण सदस्यहरु लाई विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस सम्बन्धि सचेतना गराउनुका साथै मास्क, सावुन तथा सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरेको हो ।

उक्त पहिलो चरणको कार्यक्रमको अन्तिम दिन मंगलवार कृष्णपुर नगरपालिका–६ स्थित मौरिफाटाका संस्थामा आवद्ध २९ जना सदस्याहरु लाई स्वाथ्य सामाग्री वितरण गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताए ।

उनले भने‘स्वास्थ्य सामग्री वितरण गर्नुका साथै यो महामारीका कारण समस्या परेका नागरीकहरु लाई केहि राहत पुगोस भन्ने उद्देश्यले जिल्लाका प्रत्यक स्थानीय तहहरु लाई ५०/५० हजार रुपैयाका दरले नगद रकम समेत सहयोग गरेका छौ ।’

त्यस्तै संस्थाका ६ वटै सेवा केन्द्र मार्फत कोरोना विरुद्ध जनचेतना जगाउनुका साथै स्वास्थ्य सामग्री वितरण गरीएको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।

‘संस्थाले कृषकहरुको लागी मलखाद,धानको बीउ समेत वितरण गरेको छ ।’ चन्दले भने ‘आगामी दिनमा समेत संस्थाले सहयोग गर्ने छ ।’

संस्थाले स्वास्थ्य सामग्री वितरण गरे पछी संस्था संग आवद्ध सदस्यहरुले समेत खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहि जिल्ला भरी सेवा दिदै आएको जिल्लाकै सबै भन्दा पुरानो उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले किसानहरुका लागी बिशेष कार्यक्रमहरु ल्याउदै आएको छ ।

सहकारीले निरन्तर यस्ता सामाजिक कार्य पनि गर्दै आएको छ ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?