उदयदेव बहुउद्देश्यीय सहकारी द्धारा स्वास्थ्य सामग्री वितरण

महेन्द्रनगर । कञ्चनपुर स्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यहरु लाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सहकारीले आफ्ना सम्पूर्ण सदस्यहरु लाई विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस सम्बन्धि सचेतना गराउनुका साथै मास्क, सावुन तथा सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरेको हो ।

उक्त पहिलो चरणको कार्यक्रमको अन्तिम दिन मंगलवार कृष्णपुर नगरपालिका–६ स्थित मौरिफाटाका संस्थामा आवद्ध २९ जना सदस्याहरु लाई स्वाथ्य सामाग्री वितरण गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताए ।

उनले भने‘स्वास्थ्य सामग्री वितरण गर्नुका साथै यो महामारीका कारण समस्या परेका नागरीकहरु लाई केहि राहत पुगोस भन्ने उद्देश्यले जिल्लाका प्रत्यक स्थानीय तहहरु लाई ५०/५० हजार रुपैयाका दरले नगद रकम समेत सहयोग गरेका छौ ।’

त्यस्तै संस्थाका ६ वटै सेवा केन्द्र मार्फत कोरोना विरुद्ध जनचेतना जगाउनुका साथै स्वास्थ्य सामग्री वितरण गरीएको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।

‘संस्थाले कृषकहरुको लागी मलखाद,धानको बीउ समेत वितरण गरेको छ ।’ चन्दले भने ‘आगामी दिनमा समेत संस्थाले सहयोग गर्ने छ ।’

संस्थाले स्वास्थ्य सामग्री वितरण गरे पछी संस्था संग आवद्ध सदस्यहरुले समेत खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहि जिल्ला भरी सेवा दिदै आएको जिल्लाकै सबै भन्दा पुरानो उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले किसानहरुका लागी बिशेष कार्यक्रमहरु ल्याउदै आएको छ ।

सहकारीले निरन्तर यस्ता सामाजिक कार्य पनि गर्दै आएको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?