‘नोकिया सीटू–फोरजी’ स्मार्ट फोन नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं– नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सीटू बजारमा ल्याएको छ । यो स्मार्टफोन मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।

वर्तमान अवस्थाको जिवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्टिमिङ र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरुद्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ ।

नोकिया सीटू–फोरजी स्मार्टफोनमा ५।७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोयड ९ पाई अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो ।

गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्वारा ६४जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८००एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।

फोटोग्राफीको लागी नोकिया सीटू–फोरजी स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामेरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामेरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन । नोकिया सीटू–फोरजी स्मार्टफोनको बजार मूल्य रु.९,२९९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सीवान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाएको छ । साथै नोकियाका फिचर फोनहरु र नोकिया सीवान स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध छन् । रातेपाटी

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?