‘नोकिया सीटू–फोरजी’ स्मार्ट फोन नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं– नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सीटू बजारमा ल्याएको छ । यो स्मार्टफोन मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।

वर्तमान अवस्थाको जिवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्टिमिङ र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरुद्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ ।

नोकिया सीटू–फोरजी स्मार्टफोनमा ५।७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोयड ९ पाई अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो ।

गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्वारा ६४जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८००एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।

फोटोग्राफीको लागी नोकिया सीटू–फोरजी स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामेरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामेरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन । नोकिया सीटू–फोरजी स्मार्टफोनको बजार मूल्य रु.९,२९९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सीवान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाएको छ । साथै नोकियाका फिचर फोनहरु र नोकिया सीवान स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध छन् । रातेपाटी

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?