कोरोनाका कारण थप एक जनाको मृत्यु,नेपालमा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गुल्मी धुर्कोटका ३६ वर्षीय पुरुषको कोभिड १९ का कारण मृत्यु भएको बताए ।

‘गुल्मी धुर्कोटका जैशीथोकका ३६ वर्षीय पुरुषको निधन भएको छ,’ उनले भने, ‘गत जेठ १२ गते प्रदेश प्रयोगशाला रुपन्देहीमा उहाँमा कोरोना पुष्टि भएको थियो ।’

मृतक तम्घासको रेसुंगामा आइसोलेसनमा रहेका थिए । उनको आइसोलेसनमा उपचारका क्रममा शनिवार मृत्यु भएको हो । डाक्टर गौतमले उनी क्यान्सरबाट पनि पीडित रहेको बताए । मृतक भारतबाट आएका थिए ।

यससँगै कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । लोकान्तर

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?