कोरोनाका कारण थप एक जनाको मृत्यु,नेपालमा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गुल्मी धुर्कोटका ३६ वर्षीय पुरुषको कोभिड १९ का कारण मृत्यु भएको बताए ।

‘गुल्मी धुर्कोटका जैशीथोकका ३६ वर्षीय पुरुषको निधन भएको छ,’ उनले भने, ‘गत जेठ १२ गते प्रदेश प्रयोगशाला रुपन्देहीमा उहाँमा कोरोना पुष्टि भएको थियो ।’

मृतक तम्घासको रेसुंगामा आइसोलेसनमा रहेका थिए । उनको आइसोलेसनमा उपचारका क्रममा शनिवार मृत्यु भएको हो । डाक्टर गौतमले उनी क्यान्सरबाट पनि पीडित रहेको बताए । मृतक भारतबाट आएका थिए ।

यससँगै कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । लोकान्तर

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?