समाजसेवी भट्टको सहयोगमा कञ्चनपुरका बृद्धआश्रम तथा अनाथालयलाई खाध्यान्न सामाग्री वितरण

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उपप्राध्यापक टेकेन्द्र भट्टको आर्थीक सहयोग तथा विद्यार्थी नेता नरेन्द्र भट्ट र सोही विश्वविद्यालयका उपप्राध्यापक मनिस ओझाको पहलमा बृद्धआश्रम तथा अनाथालयमा खाद्यान्न सामाग्री वितरण गरीएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच कञ्चनपुर स्थित समाज कल्याण अञ्चल बाल अनाथालय, बैजनाथ धाम जेष्ठ नागरीक बृद्धआश्रम र महिला तथा बृद्धसेवा केन्द्र बृद्ध आश्रममा झन्डै ६५ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री वितरण गरीएको समाजसेवी विद्यार्थी नेता नरेन्द्र भट्टले बताए ।

यस अघिपनि उपप्राध्यापक भट्टको आर्थीक सहयोग र विद्यार्थी नेता भट्ट तथा अर्का उपप्राध्यापाक ओझाको पहलमा लकडाउनको बेला कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले महेन्द्रनगरमा घरभाडा गरी पढ्ने विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवारलाई पनि खाद्यान्न तथा कोनाना विरुद्ध लड्न स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

समाजसेवी तथा सुप विश्व विद्यालयका उपप्राध्यापक हाल अमेरीकामा अध्ययनरत छन् ।

आफु हाल विदेशमा रहेपनि कोरोनाको यस्तो महामारीको अवस्थामा सामाजिक सञ्जालमा मातृभूमिका नागरिकहरुले पाएको पीडालाई स्मरण तथा मध्यनजर गर्दै सानो सहयोगले केही राहत मिल्छ की भने उद्देश्यले अमेरीकाबाट सहयोग पठाउने गरेको उपप्राध्पापक भट्टले बताए ।

उनले भने ‘मैले आफु र यहाँ अमेरीमा रहेका अन्य नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी नेपाल पठाउने गरेको छु ।’

विद्यार्थी नेता भट्ट, उपप्राध्यापकहरु भट्ट ओझले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?