कञ्चनपुरः प्रमुख जिल्ला अधिकारी खतिवडाले जारी गरे लकडाउन सम्बन्धि यस्तो आदेश

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जिल्लाको हकमा लकडाउन खुकुलो सम्बन्धि आादेश जारी गरेको छन् ।

शुक्रबार एक सुचना मार्फत गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले लकडाउन खुकुलो सम्बन्धि आदेश जारी गरेका हुन् । ८० दिन लामो लकडाउनपछि मन्त्री परिषदको जेठ २८ गते कोभिड–१९ सम्बन्धि बसेको बैठकले गरेको निर्णका आधारमा लकडाउन खुकुलो सम्बन्धमा आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

उनको आदेश अनुसार जिल्लामा माक्स,सेनिटाइजर र सामाजिक दुरी कायम गरी स्वास्थ्य,कृषि,पशुपंछी,सम्बन्धि सबै सेवा सञ्चालन तथा बिक्रीवितरण गर्न पाउने छन् ।

यस्तै, उद्योग,व्यापार,व्यावसाय, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिनका लागी तोकिएका होटेल, यातायातका साधन पनि संचालन गर्न पाइने छ ।

सरकारी, निजी र वित्तीय संस्थाका कार्यालयहरु भने असार १ गते देखी खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

त्यस्तै सबै प्रकारका ढुवानी सञ्चालन गर्न पाइने छ भने पैदल आवागमन समेत गर्न पाइनेछ । यातायातको हकमा दुइपांग्रे सवारीहरु चालक मात्र रहने गरी, निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चालक बाहेक २ जना मात्र रहने गरी चलाउन पाइने भएको छ ।

यस्तै फोहोरमैला ब्यवस्थापन,विद्युत,दमकल,एम्बुलेन्स,सञ्चार,हुलाक सेवा र नर्सरी तथा बनजन्य उद्यम सञ्चालन गर्न पाइनेछ । सम्पूर्ण विकास निर्माण, नदि तथा खानिजन्य उत्खनन र बिक्रिवितरण गर्न सकिने छ ।

यद्यपी सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

यस्तै विद्यालय तथा शैक्षिक संस्थाहरू धार्मीक, सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

यदि कसैले आदेशको अवहेलना गरेमा कानुन बमोजिम कारवाही गरीने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Image may contain: text

Image may contain: text

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?