कञ्चनपुरः प्रमुख जिल्ला अधिकारी खतिवडाले जारी गरे लकडाउन सम्बन्धि यस्तो आदेश

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जिल्लाको हकमा लकडाउन खुकुलो सम्बन्धि आादेश जारी गरेको छन् ।

शुक्रबार एक सुचना मार्फत गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले लकडाउन खुकुलो सम्बन्धि आदेश जारी गरेका हुन् । ८० दिन लामो लकडाउनपछि मन्त्री परिषदको जेठ २८ गते कोभिड–१९ सम्बन्धि बसेको बैठकले गरेको निर्णका आधारमा लकडाउन खुकुलो सम्बन्धमा आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

उनको आदेश अनुसार जिल्लामा माक्स,सेनिटाइजर र सामाजिक दुरी कायम गरी स्वास्थ्य,कृषि,पशुपंछी,सम्बन्धि सबै सेवा सञ्चालन तथा बिक्रीवितरण गर्न पाउने छन् ।

यस्तै, उद्योग,व्यापार,व्यावसाय, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिनका लागी तोकिएका होटेल, यातायातका साधन पनि संचालन गर्न पाइने छ ।

सरकारी, निजी र वित्तीय संस्थाका कार्यालयहरु भने असार १ गते देखी खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

त्यस्तै सबै प्रकारका ढुवानी सञ्चालन गर्न पाइने छ भने पैदल आवागमन समेत गर्न पाइनेछ । यातायातको हकमा दुइपांग्रे सवारीहरु चालक मात्र रहने गरी, निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चालक बाहेक २ जना मात्र रहने गरी चलाउन पाइने भएको छ ।

यस्तै फोहोरमैला ब्यवस्थापन,विद्युत,दमकल,एम्बुलेन्स,सञ्चार,हुलाक सेवा र नर्सरी तथा बनजन्य उद्यम सञ्चालन गर्न पाइनेछ । सम्पूर्ण विकास निर्माण, नदि तथा खानिजन्य उत्खनन र बिक्रिवितरण गर्न सकिने छ ।

यद्यपी सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

यस्तै विद्यालय तथा शैक्षिक संस्थाहरू धार्मीक, सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

यदि कसैले आदेशको अवहेलना गरेमा कानुन बमोजिम कारवाही गरीने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Image may contain: text

Image may contain: text

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?