कञ्चनपुरमा पनि एमसिसिको विरोधमा सडकमा उत्रिए युवा,प्रशासनको गेटमा बसे धर्ना

महेन्द्रनगर । अमेरिकी रक्षा मन्त्रालयको छाता भित्र रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विराधमा कञ्चनपुरका युवा पनि सडकमा उत्रिएका छन् ।

एमसिसि सम्झौता खारेज गर्नु पर्ने माग गर्दै बुधवार कञ्चनपुरका युवाहरु जिल्लाको महेन्द्रनगर बजारमा शान्तीपूर्ण आन्दोलन सहित जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा एक घण्टा धर्ना बसेका हुन् ।

एमसिसि नेपालको हितमा नरहेकोले खारेज गर्न माग गर्दै आफुहरु सडकमा उत्रिएको आन्दोलनमा सहभागी एक युवा विवेक पन्तले बताए । उनले भने ‘एमसिसि देशको हितमा छैन र यो देशको लागी घातक छ ।’ ‘त्यसैले एमसिसि सम्झौता खारेज गर्नु पर्छ ।’

एमसिसि खारेज नभए आफुहरु कडा आन्दोलन सहित सडकमा उत्रिने युवाहरुले चेतवनी दिएका छन् ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?