कञ्चनपुरमा क्वारेन्टिनको सुरक्षामा खटिएका असई सहित दुई जना प्रहरीमा कोरोना संक्रमण

महेन्द्रनगर ।कञ्चनपुरको महेन्द्य्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा खटिएका असई सहित दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकबाट क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजेटिभ देखिएको डिएसपी अमर थापाले बताए ।

‘दुई जनामा कोरोना पोजेटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ ।’ डिएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिए पछि अहिले क्वारेन्टिन सील गरिएको छ ।

संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आइसिएचको आइसोलेसनमा राखिएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?