कञ्चनपुरमा पिसिआर नेगेटिभ भन्दै घर पठाएका व्यक्तिको रिपोर्ट पोजेटिभ, फेरि अस्पताल फिर्ता

महेन्द्रनगर । पिसिआर रिपोर्ट नेगेटिभ भन्दै हिजो घर फिर्ता पठाएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक युवकलाई आज कोरोना पोजेटिभ भन्दै आइसोलेसनमा भर्ना गरिएको छ ।

सोमबार नगरपालिकाले पिसिआर नेगेटिभ आएको भन्दै घर फिर्ता गरेको थियो । संक्रमितलाई मंगलबार बिहान फेरि घरबाट बोलाएर सेती अस्पतालको आइसोलेसनमा राखिएको छ ।

मोतीबस्ती का ३२ वर्षीय ती कोरोना संक्रमितका दाइले आफ्नो भाइलाई आज अस्पताल लगिएको बताए ।

‘हिजो नगरपालिकाले फोन गरेको तपाईको भाईको पिसिआर रिर्पोट नेगेटिभ आएको छ भनेर घर लैजान भन्यो’ उनले भने ‘आज फेरि तपाईँको रिर्पोट पोजेटिभ रहेछ भन्दैँ एम्बुलेन्समा लिएर गए ।’

संक्रमितका दाजुले आफ्नो परिवारका सदस्यको पिसिआर परीक्षण गर्न माग गरेका छन् । नगरपालिकाकी उपप्रमुख शारदा विष्ट शर्माले हिजो प्राविधिक कारणले गल्ती भएको बताइन् ।

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?