आइफोन १३ मा पाँच वटा क्यामरा

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् ।

तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल्याउने अनुमान गरिएको आइफोन १३ का विषयका समाचारहरु समेत लिक हुन थालेका छन् ।

एप्पल कम्पनीका बारेमा विभिन्न गोप्य समाचारहरु खुलासा गर्दै आएको ँगमनभ नामक ट्विटर प्रयोगकर्ताले आइफोन १३ मा हुने क्यामराका विषयमा महत्वपूर्ण खुलासा गरेको छ । उसका अनुसार आइफोन १३ मा एप्पलले खासगरी क्यामरा प्रविधिको सन्दर्भमा व्यापक अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुने दाबी उसको छ ।

लिक गरिएको तथ्यअनुसार आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक ीष्मबच सेन्सरयुक्त हुनेछ ।

यद्यपि एप्पलकै भित्रिया कर्मचारीको ट्विटर ह्याण्डिल ठानिएको उक्त ट्विटरबाट लिक भएको सो जानकारीका विषयमा एप्पलले आधिकारिक रुपमा केही पनि बताएको छैन । एप्पलले आइफोन १२ सिरिजका आइफोन नै नल्याइसकेको अवस्थामा आइफोन १३ का विषयमा अहिले नै अनुमान गर्न गाह्रो हुने कतिपयको तर्क छ ।

उसो त आइफोन १२ मै पनि कस्तो खालको क्यामरा हुने भन्ने विषयमा प्रष्ट भैसकेको छैन । आइफोन १२ मा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामरा हुने र त्यसमा पहिलो पटक ीष्म्ब्च् सेन्सर प्रविधिको प्रयोग हुने बताइएको छ ।

आइफोन १२ सिरिजका आगामी सेप्टेम्बर देखि नोभेम्बरको बीचमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । एप्पलले उक्त सिरिजका ४ वटा मोडेल बजारमा ल्याउनेछ । आइफोन १२ मा ओएलइडी डिस्प्ले, फाइभ जी कनेक्टिभिटीका साथै सबैभन्दा पछिल्लो बायोनिक चिप प्रयोग हुने बताइएको छ । अनलाइनखबर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?