आइफोन १३ मा पाँच वटा क्यामरा

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् ।

तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल्याउने अनुमान गरिएको आइफोन १३ का विषयका समाचारहरु समेत लिक हुन थालेका छन् ।

एप्पल कम्पनीका बारेमा विभिन्न गोप्य समाचारहरु खुलासा गर्दै आएको ँगमनभ नामक ट्विटर प्रयोगकर्ताले आइफोन १३ मा हुने क्यामराका विषयमा महत्वपूर्ण खुलासा गरेको छ । उसका अनुसार आइफोन १३ मा एप्पलले खासगरी क्यामरा प्रविधिको सन्दर्भमा व्यापक अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुने दाबी उसको छ ।

लिक गरिएको तथ्यअनुसार आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक ीष्मबच सेन्सरयुक्त हुनेछ ।

यद्यपि एप्पलकै भित्रिया कर्मचारीको ट्विटर ह्याण्डिल ठानिएको उक्त ट्विटरबाट लिक भएको सो जानकारीका विषयमा एप्पलले आधिकारिक रुपमा केही पनि बताएको छैन । एप्पलले आइफोन १२ सिरिजका आइफोन नै नल्याइसकेको अवस्थामा आइफोन १३ का विषयमा अहिले नै अनुमान गर्न गाह्रो हुने कतिपयको तर्क छ ।

उसो त आइफोन १२ मै पनि कस्तो खालको क्यामरा हुने भन्ने विषयमा प्रष्ट भैसकेको छैन । आइफोन १२ मा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामरा हुने र त्यसमा पहिलो पटक ीष्म्ब्च् सेन्सर प्रविधिको प्रयोग हुने बताइएको छ ।

आइफोन १२ सिरिजका आगामी सेप्टेम्बर देखि नोभेम्बरको बीचमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । एप्पलले उक्त सिरिजका ४ वटा मोडेल बजारमा ल्याउनेछ । आइफोन १२ मा ओएलइडी डिस्प्ले, फाइभ जी कनेक्टिभिटीका साथै सबैभन्दा पछिल्लो बायोनिक चिप प्रयोग हुने बताइएको छ । अनलाइनखबर

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?