कञ्चनपुर प्रशासनद्धारा जारी सवारीसाधन सञ्चालनका सबै पास रद्ध गरियो

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता नपाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

उनले भने ‘अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन् ।’ कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरीएको हो ।

पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको पाइएको ले पास रद्ध गरीएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

उनले भने ‘पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला यो निर्णय गरीएको हो ।’

हालसम्म देशभर २५८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?