बैतडीः क्वारेन्टाइनमा वडा महिला सदस्य माथि अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी । मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर महिलामाथि अभद्र व्यवहार गर्ने एकजनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–३ स्थित गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको उनले बताए । उनले भने, ‘क्वारेन्टाइनमा गएर मादक पदार्थ सेवन गरेका नरेन्द्रले महिला वडा सदस्यमाथि गालीगलौजसहित दुव्यर्वहार गरेको जाहेरी आएको छ । सोही जाहेरीको आधारमा हामीले नरेन्द्रलाई पक्राउ गरेका छौं।’

पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

अन्नपुर्ण

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?