लकडाउनः बलिउडका यी सेलिब्रिटी कसैको छतमा बिहे कसैको रोकीयो 

एजेन्सी

मुम्बई । विश्व अहिले कोरोना भाइरसको आतंकले पिल्सिएको छ। यसको संक्रमणबाट सबा दुई लाखभन्दा बढीले ज्यान गुमाइसके भने लाखौं संक्रमित छन्।

यो भाइरस फैलिनबाट बँच्न विश्वका धेरै देश अहिले लकडाउनको अवस्थामा छन्। मान्छेहरू घरभित्रै सेल्फ क्वारेन्टाइनमा बन्दी भएका छन्। त्यसमा पनि खुल्ला रूपमा मनोरञ्जन उद्योगमा काम गर्ने सेलिब्रिटीलाई लकडाउनको समय कटाउन निकै मुस्किल भइरहेको छ। घरभित्रै बसेर उनीहरू विभिन्न माध्यमबाट आफ्ना फ्यानका लागि कोसेली पस्किरहेका छन्।

यो अवस्थामा पनि विश्वको ठूलो मनोरञ्जन उद्योग बलिउडका सेलिब्रिटीका विभिन्न किस्सा सार्वजनिक भइरहेका छन्। त्यसमा पनि रिलेसनसिप, विवाह अनि यससँग जोडिएका गसिपहरूले उनीहरूका फ्यानलाई मनोरञ्जन दिइरहेका छन्।

जसलिनको गुपचुप बिहे !

टीभी रियलिटी सो ‘बिग बोस– १२’ मा आफ्नो छुट्टै स्थान बनाएकी कलाकार जसलिन मथारू एकपटक पुनः चर्चामा आएकी छन्। ‘बिग बोस १२’ को सोको सिलसिलामा जसलिनको भजन गायक अनुप जलौटाका साथ अफेयर चलिरहेको चर्चा थियो। तर उनले आफूहरूको सम्बन्ध केबल गुरु चेलीको भएको बताएकी थिइन्।

अहिले भने जसलिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेको एक भिडियो चर्चामा छ। उनी हातमा रातो चुरा अनि सिउँदोमा सिन्दूर लगाएर नाचिरहेकी छन्। धेरैले अनुमान गरे कतै उनले गोप्य ढंगले बिहे त गरिनन् रु किनकि उनले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘चुपके से’। तर उनले पछि खुलाइन्, दुलहीको अनुभूति गर्न मात्रै मैले त्यस्तो पोसाक लगाएर नाचेकी हुँ।

यो भिडियो अपलोड भएपछि थुप्रैले फोन गरेर बिहेबारे जिज्ञासा राखेको जसलिनको भनाइ छ। उनले बिस्तारै बिहेको मुड बनाइरहेको तर दिलको घण्टी बजाउनेवाला अझै कोही फेला नपरेको पनि बताइन्।

रोकियो वरुण–नताशाको विवाह

वरुण धवनले गत शुक्रबार लकडाउनका कारण आफ्नो जन्मदिन घरमै मनाए। लकडाउनका बीच वरुणका लागि उनकी प्रेमिका नताशा दलालले चकलेट केक पनि तयार गरिन्। वरुणले जन्मदिनमा आफ्ना साथीभाइसँग भिडियो कलमार्फत सम्पर्क गरे। उनले जसोतसो जन्मदिन मनाए पनि लकडाउन उनको जीवनमा एउटा अविस्मरणीय घटना बनेर जन्मिएको छ।

लकडाउनले उनको विवाह मितिलाई नै प्रभावित पारिदिएको छ। लामो समययता प्रेम सम्बन्धमा रहेका वरुण यसै वर्षको मध्यतिर विवाहबन्धनमा बाँधिने तयारीमा थिए। तर, अब उनीहरूको विवाह मिति पर धकेलिएको छ। यसबाट उनीहरू दुवैजना निराश छन्। वरुण र नताशा विवाहपछिको आफ्नो गन्तव्यलाई लिएर निकै उत्साहित थिए। दुवैले थाइल्यान्डमा गएर विवाह गर्ने योजना बनाएका थिए। उनीहरूले विवाहको नयाँ मिति तोकिसकेका छैनन्। संक्रमित बढ्दै गएपछि भारतमा लकडाउनको अवस्था अनिश्चित छ।

आशुतोषले गरे छतमा बिहे

लकडाउन कहिले खुल्छ रु यसको जवाफ कसैसँग छैन त्यसैले बिग बोस– २ का विजेता आशुतोष कौशिकले खुल्ने दिन कुर्नुको साटो उपाय लगाएर विवाह नै गरिदिए। उनले नोएडास्थित आफ्नो घरको छतमा चारजनाको उपस्थितिमा विवाह सम्पन्न गरेका हुन्। उनको विवाह २६ अप्रिलका लागि तय भएको थियो तर कोरोनाले मामला गडबड गरिदियो।

आशुतोषले आफ्नो विवाहको दिनलाई ‘यादगार दिन’ भनेका छन्। विवाहमा उनकी आमा, बहिनी र दुलही अर्पिताको परिवारका दुई सदस्य उपस्थित थिए। विवाहका लागि राखिएको पैसा उनले प्रधानमन्त्री केयर्स फन्डमा दिने बताएका छन्। सरकारलाई कोभिड— १९ सँग लड्न मद्दत पुगोस् भनेर आफूले यो निर्णय लिएको उनले बताएका छन्।

आशुतोष एमटीभी रोडिज– ५ का पनि विजेता हुन्। जिल्ला गाजियाबाद र किस्मत लभ पैसा दिल्ली नामक फिल्ममा पनि उनले काम गरेका छन्।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?