विद्यार्थी नेता मेहता र भण्डारीद्धारा महेन्द्रनगरमा घर भाडा गरी पढ्ने विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि एक महिना बढी देखी देश लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजिवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवार र घर भाडा गरी पढ्ने विद्यार्थी बढी प्रभावित बनेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा घरभाडा गरी पढ्ने बैतडीका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ बैतडी जिल्ला सदस्य तथा विद्यार्थी नेता रमेश मेहता र अनिल भण्डारीले उनिहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

मंगलवार सुरक्षाकर्मी र स्थानिय तह संग समन्वय गरी,सामाजिक दुरी कायम राखी महेन्द्रनगर स्थित पाठक डेरी र सनराइज होटलको सहयोगमा र नेपाल विद्यार्थी संघ बैतडी जिल्ला अध्यक्ष कपिल केसीको समन्वयमा विद्यार्थीहरुलाई चामल,नुन,दाल,तेल लगाएतका खाद्यान्न सामाग्री सहित साबुन वितरण गरीएको विद्यार्थी नेता रमेश मेहताले बताए ।

उनले भने ‘लकडाउनका कारण कसैलेपनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले हामीहरुले सक्दो सहयोग गरेका हौ ।’

उत्त राहत वितरणमा बैतडी स्थित शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउँद, विद्यार्थी नेता जितेन्द्र महता,दशरथ चाड,दिलेन्द्र रावल , पदम बोगटी , लोक ठकुराठी,उदय साउँद लगाएतको उपस्थिति रहेको थियो ।

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?