विद्यार्थी नेता मेहता र भण्डारीद्धारा महेन्द्रनगरमा घर भाडा गरी पढ्ने विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि एक महिना बढी देखी देश लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजिवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवार र घर भाडा गरी पढ्ने विद्यार्थी बढी प्रभावित बनेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा घरभाडा गरी पढ्ने बैतडीका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ बैतडी जिल्ला सदस्य तथा विद्यार्थी नेता रमेश मेहता र अनिल भण्डारीले उनिहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

मंगलवार सुरक्षाकर्मी र स्थानिय तह संग समन्वय गरी,सामाजिक दुरी कायम राखी महेन्द्रनगर स्थित पाठक डेरी र सनराइज होटलको सहयोगमा र नेपाल विद्यार्थी संघ बैतडी जिल्ला अध्यक्ष कपिल केसीको समन्वयमा विद्यार्थीहरुलाई चामल,नुन,दाल,तेल लगाएतका खाद्यान्न सामाग्री सहित साबुन वितरण गरीएको विद्यार्थी नेता रमेश मेहताले बताए ।

उनले भने ‘लकडाउनका कारण कसैलेपनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले हामीहरुले सक्दो सहयोग गरेका हौ ।’

उत्त राहत वितरणमा बैतडी स्थित शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउँद, विद्यार्थी नेता जितेन्द्र महता,दशरथ चाड,दिलेन्द्र रावल , पदम बोगटी , लोक ठकुराठी,उदय साउँद लगाएतको उपस्थिति रहेको थियो ।

 

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?