कैलालीः कोरोना संक्रमित महिलाको पाचौ‌ं रिपोर्ट पनि पोजेटिभ

कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

एक समय सेती प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमित उपचाररत थिए । चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।अनलाइनखबर

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?