समाजसेवी साउँदले गरे कञ्चनपुरका सञ्चारकर्मीलाई रिचार्ज सहयोग

महेन्द्रनगर । कोरोना भाईरस (कोडिभ–१९) को विश्वभरी संक्रमण बढिरहेको छ ।

दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको छ ।

यस्तो विषम परिस्थितिमा विश्वभरीका संचारकर्मी जोखिम मोलेर जनतालाई अनवरत रुपमा सुचना दिईरहेका छन् ।

यतीबेला रातदिन स्वास्थ्ययकर्मी, सुुरक्षाकर्मी र संचारकर्मी अहोरात्र रुपमा खटिएका छन् ।

संचारकर्मीको कामको मुल्याङ्गकन गर्दै कञ्चनपुर भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका एक युवा उद्यमीले संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका छन् ।

किशान पोल्ट्री सप्लायर्सका संचालक समेत रहेका युवा उद्यमी किरण साउदले कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका हुन् ।

लकडाउनका समयमा संचारगृहको कारोबार नभएपछि उनीहरुलाई सुचना सम्प्रेषणका लागि सहज होस भन्ने उदेश्यले युवा उद्यमी साउँदले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई रिचार्ज उपलब्ध गराएका थिए ।

बुधबार बिहान युवा उद्यमी साउदले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सह–सचिव मोहन विष्टलाई रिचार्जउपलब्ध गराएका थिए ।

किरणले कञ्चनपुरका कृयाशिल संचारकर्मीलाई रिचार्जका लागि १० हजारको रिचार्ज उपलब्ध गराएका थिए । साउदले उपलब्ध गराएको रिचार्ज मध्ये प्रति पत्रकार २५०का दरले कञ्चनपुरका कृयाशिल पत्रकारले प्रयोग गर्ने मोबाईलमा ट्रान्सफर गरियो ।

सत्ताधारी अनेरास्ववियु कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टको पहलमा युवा उद्यमी साउदले संचारकर्मीको पीडा ह्यदगमन गर्दै रिजार्ज उपलब्ध गराएको बताए ।

‘अहिले विश्वभरी चलिरहेको कोरोनाको महामारीमा सबैभन्दा स्वस्थ्यकर्मी, सुररक्षाकर्मी, संचारकर्मी लगायतका केही सरकारी निकाय खटिएका छन्, ‘उनले भने, ‘जनतालाई कोरोना सम्बन्धीको सत्यतथ्य सुचना प्रवाहमा संचारकर्मीको अहम भूमिका हुन्छ ।’ यस अघि साउदले भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालयलाई १७ बोरा चामल दिएका थिए ।
कोरोनो बिरुद्धकको अभियानमा आगामी दिनमा समेत सहयोग गरिने उनले बताए । साउद सफल उद्यमीका रुपमा संघीय पशुपन्छी मन्त्रालय, प्रदेश, जिल्ला, नगर, विभिन्न सरकारी तथा संघ संस्था निकायबाट साउद पुरस्कृत एव सम्मानित हुँदै आएका थिए ।

यस्तै कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका अनेरास्ववियू कार्यालय सदस्य किशोर भट्टले युवा उद्यमी साउदबाट संचारकर्मीको पीडा बुझेर रिचार्ज उपलब्ध गराएकोप्रति आभार प्रकट गरे ।

उनले संचारकर्मी सहित विद्यार्थी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सक्दो राहत दिलाउनका लागि पहल थाल्ने बचन दिएका छन् ।

विषम परिस्थितिमा संचारकर्मीको पीडा बुझेको भन्दै कञ्चनपुरका सम्पूर्ण संचारकर्मीले रिचार्ज उपलब्ध गराउने युवा उद्यमी साउद र पहल थाल्ने विद्यार्थी भट्टलाई धन्यवाद एव हार्दिक कृतज्ञता प्रकट गरेका छन् ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?