जिल्ला प्रवेसद्वारमा हेल्थ डेस्क स्वास्थ्य चेकअफ कञ्चनपुर प्रवेस गर्नेलाई अनिवार्य क्वारेन्टाईनमा

विकास सिह महता
कञ्चनपुर, ९ बैशाख
कोरोना भाईरस रोकथाम तथा न्यूनिरणका लागि कञ्चनपुरमा अर्को प्रयास शुरु भएको छ । कञ्चनपुरको मुख्य प्रवेसद्वारमा हेल्थडेस्क स्थापना गरेर कञ्चनपुर प्रवेस गर्नेको स्वास्थ्य चेकअफ भईरहेको छ ।
भारतसंग पश्चिम र दक्षिणमा सीमा जोडिएको कञ्चनपुर हो । गत फागुन, चैत्रमा पश्चिमी नाका गड्डाचौकी सहितका विनिन्न खुला नाका भएर झण्डै कञ्चनपुरबाट ७५ हजार बढिले प्रवेस गरे । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि दुवै देश९नेपाल–भारत०मा लकडाउन गरिएको छ ।
भारतबाट पछिल्लो १५ चैत्र यता कोही प्रवेस गरेका छैनन् । नेपाल प्रवेस गर्न खोजेका २ सय ५१ जना नेपाली सीमावर्ती बनबासा, टनकपुर क्षेत्रमा क्वारेन्टाईनमा राखिएका छन् । केही सीमा बन्द र कडाई पारिएपछि बसेकै स्थानबाट आएका छैनन् ।
अहिले राजधानी काठमाण्डौँ लगायत पुर्वी नेपालका जिल्लामा अध्ययन र कामका लागि गएका मजदुर धमाधम घर फर्किदैछन् । एकै दिन ६५ जनाले कञ्चनपुर प्रवेस गरेका छन् । सोमबार बस र पैदल आएर विभिन्न स्रोत साधान प्रयोग गर्दै कञ्चनपुर पुगेका ६५ जनाको स्वास्थ्य चेकअफ गराएर क्वारेन्टाईनमा बसेका छन् । कृष्णपुर नगरपालिका र सशस्त्र प्रहरीका प्राविधिक कर्मचारीले कञ्चनपुर प्रवेस गर्ने सबैको स्वास्थ्यचेक गराएमात्रै जिल्ला प्रवेस गराईरहेका छन् । विभिन्न जिल्लाबाट पैदल घर आईरहेका मजदुर विद्यार्थी लगायत सर्वसाधारणलाई स्वयम प्रधानमन्त्री ओलीले जहाँ छन, त्यही रोक्नुहोस, सुरक्षित घर पठाउन निर्देशन दिएपछि सोमबारदेखि कञ्चनपुर आउने विद्यार्थी, मजदुर, उपचारका लागि गएका बिरामी लगायतका सर्वसाधारणको उद्दार गरि जिल्ला प्रवेस गराउनेक्रम शुरु भएको हो । सशस्त्र प्रहरी बलले यस अघि लकडाउनमा कृष्णपुर नगरपालिका ४ को प्रवेसद्वार गजरौलामा चेक प्वाईन्टन नै राखेर शिल गरेको थियो । अहिले उक्त जिल्ला प्रवेसको मुल नाकामा हेल्थ हेस्क स्थापना गरेर आउने जो कोहीको पनि स्वास्थ्य चेकजाँच भईरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले जिल्लामा संक्रमित प्रवेस गर्न नपाउनु भन्नका लागि सबै सरोकारवाला निकायको प्रयासमा हेल्थ डेस्क स्थापना गरिएको बताए ।‘पहिले देखि नै हाम्रो टोली त्यहाँ तैनाथ नै थियो, ‘उनले भने, ‘अब कोही लडडाउन छिचोल्दै पैदलै कञ्चपुर आउन थालेपछि स्वास्थ्य सुरक्षाका लागि सरोकारवालाको संयुक्त प्रयासमा हेल्थ डेस्क स्थापना गरिएको हो ।’ सशस्त्र प्रहरी र स्वास्थ्यर्मीको टोलीले गन थर्मामिटरबाट ज्वँरो नाप्नेदेखि यात्रुको ट्रभलिङ्ग रेकर्ड राखिएको छ । ‘यो नाकाबाट प्रवेस गरेका कुनैमा भोली संक्रमण देखिए, त्यसको ट्रभलिङ्गहिस्ट्री अध्ययन गर्नका लागि हामीले रेकर्ड राखिरहेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘नियमित स्वास्थ्य चेकअप गराएर उनीहरुलाई इप्रका गुलरियाको जिम्मा लगाउँछौँ ।’
कुनै पनि व्यक्ति पैदल, साईकल, मोटरसाईक वा अन्य कुनै सवारी साधनमा प्रवेस गर्दा स्वास्थ्य चेकअफ गराउने बढि ज्वरो देखिए अस्पताल लैजानेदेखि सचेतनामुलक काम गरिरहेको उनले बताए ।
जिल्ला प्रवेस गरेका सबैलाई सम्बन्धीत स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ । कृष्णपुर नगरपालिकाले १३ जना, भीमदत्त नगरपालिकाले ३१ जना, महाकाली नगरपालिकाले १ जना, शुक्लाफाँटा नगरपालिकाले ११ जना र लालझाँडी गाउँपालिकाले १५ जना क्वारेन्टाईनमा राखेको छ । कञ्चनपुर घर भई काठमाण्डौँ लगायतका अन्य जिल्लाबाट घर फर्किका सबैलाई अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै घर प्रवेस गर्न दिने स्थानीय सरकारले जनाएका छन् । उनीहरुले आ–आफ्नो स्थानीय तहमा रहेका क्वारेन्टाईनमा राखेर रेपिटदेखि पिसिआरबाट कोरोना परीक्षण गरेर मात्रै घर पठाउने जनाएका छन् । अब भारत वा तेस्रो मुलुकबाट मात्र नभई आफ्नै देशका विभिन्न जिल्लाबाट घर फर्किनेलाई पनि कञ्चनपुरमा क्वारेन्टाईनमा राखिएको छ । लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले विभिन्न जिल्लाबाट आफ्नो स्थानीय बसोबास गरेको स्थानमा पुगेकाहरु विभिन्न व्यक्ति समुहसंग सम्पर्क भएर आएकाले कोरोनोका उच्च रोकथाम तथा न्यूनिकरणका लागि क्वारेन्टाईनमा राखिएको बताए । ‘हामीले नागरिककै स्वाथ्यका लागि क्वारेन्टाईनमा राखिरहेका छौँ, ‘उनले भने, ‘क्वारेन्टाईनमा राखेर पहिलो चरणमा रेपिट टेष्ट गरेर, त्यसबाट नेगेटिभ आए घर पोजेटिभ आए पिसिआर गराएर उपचार गछौँ ।’
स्वयम व्यक्ति परिवार, समाज, नगर, गाउँ र जिल्लाको सुरक्षाका लागि उक्त विधि अबलम्बन गरेको बताउदै उनले कञ्चनपुरका सबै स्थानीय सरकारले बाह्य जिल्लाबाट आएकालाई अर्को व्यवस्था नहुँन्जेलसम्मका लागि अनिवार्य क्वारेन्टाईनमा राख्ने बताए । यस अघि सशस्त्र प्रहरीले भारतबाट आएका बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया युवकमा कोरना संक्रमित पृष्टी भएको थियो । सीमा क्षेत्रबाट सिधै पक्राउ गरि क्वारेन्टाईनमा पु¥याएको थियो । अहिले पनि स्वास्थ्य चेकअफदेखि कञ्चनपुर प्रवेस गर्ने सबैको अनिवार्य रेपिट टेष्ट, गरिनुपर्नेमा स्थानीयबाट माग आईरहेको छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?