कस्ले निर्माण ग¥यो पूर्वमन्त्री रावलको चौँथो पटक नक्कली फेशबुक आइडी ?

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सांसद तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको चौँथो पटक नक्कली/फेक फेशबुक आइडी निर्माण गरी बदनाम गर्ने कार्य गरीएको छ ।

पूर्वमन्त्री रावलकै ठेगाना तथा तस्विर प्रयोग गरी नक्कली आइडी निर्माण गरी बदनाम गर्ने काम गरीएको रावलको सचिवालयले जनाएको छ ।

पूर्वमन्त्री रावलले भने ‘मेरै ठेगाना तथा फोटो प्रयोग गरी अपराधिक मानसिकता भएका केही व्यक्तिले चौँथो पटक फेक आइडी निर्माण गरी मेरो बदनाम गर्ने काम गरीरहेका छन् ।’

पटक–पटक साइबर अपराध शाखामा मुद्धादर्ता गर्दापनि हाल सम्म पूर्वमन्त्री रावलको फेक आइडी कस्ले निर्माण गरीरहेको छ भन्ने पत्ता नलागेको रावलको सचिवालयले जनाएको छ ।

उक्त फेक आइडी बाट आएको फ्रेंड रिक्वेस्ट एसेप्ट नगर्न तथा मेसेज रिप्लाइ नगर्न रावलको सचिवालयले आग्रह गरेको छ ।

चौथो पटक फेक आइडी निर्माण गरी बदनाम गर्न काम गरेपछि रावलको सचिवालयले यस्तो लेखेको छ ।

‘कसैको मान प्रतिष्ठालाई बदनाम गर्ने अधिकार कसैलाई हुन्न , प्रत्यक्षरुपमा साक्षत्कार हुन नसक्ने अपरधिक मानसिकता भएको तुच्छ ब्यक्ति ले पुनः चौथौ पटक महेन्द्रनगर ठेगाना राखी माननीय एव पूर्व राज्य मन्त्री ज्युको फोटो प्रयोग गरि fake फेसबुक id खोली बदनाम गर्ने कार्य देख्दा कति सम्म जलन तथा बदनाम गर्ने मनसाय रहेको छ भन्ने देखिन्छ । सामाजिक संजाल (facebook) मा साथी बनाइ उनीहरु सङ अजबत गर्ने अस्लिल तथा उपद्र प्रकारका massage  गरि सम्बन्ध बिगार्ने हेतु यस्तो facebook accout  बनाइ प्रयोग गरेको छ । यो फोटो प्रयोग गरि प्रकाश रावल नामको id बाट friend request  आएमा accept तथा chat नगर्न अनुरोध छ । नेपाल प्रहरी को साइबर अपराध साखामा पटकपटक निवेदन दिदा पनि दोषी नसमातिनुले सयन्त्र माथी समेत चुनौती देखिन गएको ।’

 

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?