कञ्चनपुर प्रशासनले भन्यो ‘ ५ जनाको उपस्थितिमा मात्र विवाह गर्नु’

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी हाल विश्व नै लकडाउन छ ।

कोरोना रोकथामका लागी नेपाल सरकारले पनि देश लकडाउन गरेपछि बजार, व्यवसाय, यातायात सबै ठप्प छन् ।

देशनै ठप्प हुदा सर्वसाधारण सबैको जनजिवन प्रभावित भएको छ । लकडाउनका कारण विवाह,व्रतवन्ध, पुजापाठ लगाएतका धार्मीक कार्य पनि ठप्प छन् ।

यद्यपी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाह गर्न  अनुमती दिएको छ ।

लकडाउनमा कसैले विवाह गर्न चाहेमा वडा कार्यालयको सिफारीस लिएर बेहुला बेहुली र पण्डीत सहति ५ जनाको उपस्थितिमा  सामाजिक दुरी कायम गरी तथा कोरोना रोकथामका उपाय अवलम्बन गरी विवाह गर्न पाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले भने ‘जिल्लामा बढीमा ५ जनाको उपस्थितिमा सामाजिक दूरी कायम गरी विवाह गर्न सकिनेछ र विवाहको लागी कुनैपनि सवारी पासको आवश्यक पर्दैन ।’

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?