कञ्चनपुर प्रशासनले भन्यो ‘ ५ जनाको उपस्थितिमा मात्र विवाह गर्नु’

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी हाल विश्व नै लकडाउन छ ।

कोरोना रोकथामका लागी नेपाल सरकारले पनि देश लकडाउन गरेपछि बजार, व्यवसाय, यातायात सबै ठप्प छन् ।

देशनै ठप्प हुदा सर्वसाधारण सबैको जनजिवन प्रभावित भएको छ । लकडाउनका कारण विवाह,व्रतवन्ध, पुजापाठ लगाएतका धार्मीक कार्य पनि ठप्प छन् ।

यद्यपी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाह गर्न  अनुमती दिएको छ ।

लकडाउनमा कसैले विवाह गर्न चाहेमा वडा कार्यालयको सिफारीस लिएर बेहुला बेहुली र पण्डीत सहति ५ जनाको उपस्थितिमा  सामाजिक दुरी कायम गरी तथा कोरोना रोकथामका उपाय अवलम्बन गरी विवाह गर्न पाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले भने ‘जिल्लामा बढीमा ५ जनाको उपस्थितिमा सामाजिक दूरी कायम गरी विवाह गर्न सकिनेछ र विवाहको लागी कुनैपनि सवारी पासको आवश्यक पर्दैन ।’

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?