कञ्चनपुरः लायन्सद्धारा स्थानिय तह तथा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरका लायन्स क्लवहरुले जिल्लाका स्थानिय तह तथा आँखा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

शुक्रवार लायन्स क्लव अफ महाकाली र लायन्स क्लव अफ रानीतालले सयुक्त रुपमा जिल्लाको भीमदत्त,बेदकोट,शुक्लाफाँटा नगरपालीका र महेन्द्रनगर आँखा अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ), माक्स, ह्यान्ड गलब्स,सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

भीमदत्त नगरपालीकालाई ४ थान पिपिइ,४ सय थान माक्स, ३ सय जोड ह्यान्ड गलब्स, बेदकोटलाई ४ थान पिपिइ, ४ सय ५० थान माक्स, ३ सय जोड गलब्स, शुक्लाफाँटामा २ थान पिपिइ र महेन्द्रनगर आँखा अस्पतालमा २ थान पिपिइ, २ सय थान माक्स र १३ थान सेनिटाइजर सहयोग गरीएको लायन्स जिल्ला परिषद् ३२५ बी २ नेपालका सल्लाहकार डा.भोजराज पन्तले बताए ।

लायन्स क्लव अफ महाकाली र रानीताल निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?