भि न पा ८ का ईट्टा व्यवशायीहरुले वडालाइ दिए नगद सहयोग

राजेन्द्र बिष्ट
महेन्द्रनगर,कञ्चनपुर
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण देश लकडाउन भई दैनिक ज्याला मजदुरी गरि खाने नागरिकलाई छाक टार्न कठीन भएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ मा रहेका विभिन्न ईट्टा व्यवशायीहरुले नगद सहयोग गरेका छन ।

कोरोना भाईरसका कारण देश लक डाउना छ यतिबेला दैनिक ज्याला मजदुरी गरि खाने नागरिकहरुको राहतको लागी वडाकार्यालय मार्फत सहयोग गरिएको व्यवशायीहरुले बताए ।

वडा भित्र रहेका विभिन्न १३ वटा साना भुषा भट्टा व्यवशायीहरुले नगद रु एकलाख एकाउन्न हजार एक सय रुपैया इट्टा व्यवशायी राजु धामी हस्ते वडा नम्वर ८ को राहत संकलन समीतिका अध्यक्ष खडक वहादुर सिहलाइ नगद हस्तान्तरण गरेका हुन ।
उक्त राहत रकमले केहि मात्रामा भए पनी दैनकि ज्याल मजदुरी गरि खाने वर्गलाई सहयोग पुग्ने व्यवशायी ईन्द्र सिह खत्रिले बताउनु भयो ।
सहयोग रकम हस्तान्तरण पछी व्यवशायीहिरुलाई धन्यवाद दिदै भीमदत्त नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष ध्वज वहादुर बिष्टल दिनभरी काम गरेर साझको खानाको जोहो गर्ने वर्ग लाई लकडाउनका बेला छाक टार्न समस्या भएका समयमा व्यवशायीहरुले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गर्दै वडा कार्यालय सधै आभारी रहने बताउनु भयो ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ८ मा मात्रै एक चिम्नी भट्टा र १३ वटा भुषा भट्टा गरि १४ वटा ईट्टा भट्टाहरु सञ्चालनमा रहेका छन भने हिउदमा अत्याधिक वर्षा भएका कारण यस वर्ष ईट्टा व्यवशायीहरु घाटामा सञ्चालन भईरहेको व्यवशायहिरु बताउछन

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?