प्रतिबन्ध खुकुलो पार्दा महामारी अझ भयानक हुन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौं – कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन [डब्लूएओ] ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआउँदै खुकुलो पारिएका प्रतिबन्धले महामारीको पुनरावृत्ति अझ भयानक भएर आउन सक्ने चेतावनी दिएको हो ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा‍। टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले फुकुवाका लागि हतारो नगर्न आग्रह गरेका छन् ।

‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिने जोखिम हुन्छ,’ गेब्रेयेसोस भने ‘यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको संक्रमण झन् जोखिमपूर्ण हुन्छ ।’

युरोपमा सबै भन्दाबढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।

स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ ।

यता चीनले वुहानमा लकडाउन हटाइसकेको अवस्था डब्लूएओको यस्तो चेतावनी आएको हो ।खबरहव

ताजा खबर

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?