प्रतिबन्ध खुकुलो पार्दा महामारी अझ भयानक हुन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौं – कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन [डब्लूएओ] ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआउँदै खुकुलो पारिएका प्रतिबन्धले महामारीको पुनरावृत्ति अझ भयानक भएर आउन सक्ने चेतावनी दिएको हो ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा‍। टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले फुकुवाका लागि हतारो नगर्न आग्रह गरेका छन् ।

‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिने जोखिम हुन्छ,’ गेब्रेयेसोस भने ‘यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको संक्रमण झन् जोखिमपूर्ण हुन्छ ।’

युरोपमा सबै भन्दाबढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।

स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ ।

यता चीनले वुहानमा लकडाउन हटाइसकेको अवस्था डब्लूएओको यस्तो चेतावनी आएको हो ।खबरहव

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?