किन एकाएक स्थगित भयो परीक्षा ?

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी [नेकपा]को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।अनलाइनखबर

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

कञ्चनपुर प्रशासनद्धारा जारी सवारीसाधन सञ्चालनका सबै पास रद्ध गरियो

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि लागू हुनेगरी...

ब्रेकिङः बाँकेमा थप ८ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २५८ पुग्यो

महेन्द्रनगर । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुगेको...

ब्रेकिङः थप ३ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २४९ पुग्यो

महेन्द्रनगर । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४९ पुगेको...

छाङ्गरू स्थित महाकाली नदी किनारमा आजदेखि सशस्त्रको गस्ती (फोटो फिचर)

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरू (गागा)...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्टाप नर्सको मृत्यु

जनकपुरधाम– धनुषाको पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु...

Website developed by:

संबन्धित खबर