भण्डारी दम्पतीको मड;रमा छोराकै संलग्नताःयसरी गरेका थिए मड;र

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती ह’त्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन् । उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ’ गरी सोमबार सार्वजनिक गरेको हो।

फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारि’लो हति’यार प्रयोग गरी ह’त्या’ भएको थियो। भरत मृतक जयलालका जेठी श्रीमतीतर्फका छोरा हुन्। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी भरतलाई सार्वजनिक गरिएको हो।

पतिपत्नीको हत्या प्रकरण रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी]ले पनि अनुसन्धान थालेको थियो। जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको आफ्नै घरभित्र ह’त्या गरेको अवस्थामा शव भेटिएको थियो।

भरत कञ्चनपुर शुक्लाफाटा नगरपालिका ११ कलुवापरका स्थायी बासिन्दा भए पनि डडेल्धुरा बस्दै आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध २०७३ सालमा पनि ज्यान मार्ने उद्योग चलेको थियो।

प्रहरीले यस प्रकरणमा अंशबण्डा र सम्पत्तिको भोगचलन, पारिवारिक झैझगडा र बेमेललाई ह’त्याको कारण मानेको छ। त्यस्तै बुबाले सरसल्लाहविनै सौतेनी आमा भित्र्याएको बारे भरत असन्तुष्ट रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

कसरी घट्यो घ’टना ?
प्रारम्भिक अनुसन्धानका क्रममा भरतले गत फागुन १३ गते डडेल्धुराबाट सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षा दिन मोटरसाइकलमा चढी महेन्द्रनगर आई बसेको खुलेको छ। त्यस्तै १४ गते बिहान ९ः३० बजे उक्त परीक्षा दिएकामा उनी अनुत्तीर्ण भएका थिए।

त्यसपछि साथी र आफन्तलाई डडेल्धुरा जान्छु भनी उनी हिँडेका थिए। अपराह्नतिर कैलालीको गोदावरी पुगे पनि उनी कलुवापुर फर्किएका थिए। सो क्रममा मदिरा पान गरी राति ८ः३० मा उनी झलारीस्थित घरमा पुगेको प्रहरीले जनाएको छ।

घर आएपछि बुबासँग केही कुरा गरेका थिए। बुबा सुत्न गएपछि उनले आमा धना भण्डारीसँग पनि गफगाफ गरेका थिए। सोलगत्तै आमा छोराको विवाद भएको थियो। त्यसपछि उनले आमा धनालाई लोरो प्रहार गरेका थिए। अचेत भएपछि धनाको घाँटीमा आँसी [हसिया] समेत प्रयोग गरी ह’त्या गरेको प्रहरीको भनाइ छ।

त्यसपछि उनले बुबा जयबहादुरलाई पनि सोही हतियार प्रहार गरी ह’त्या गरेका थिए। त्यसपछि उनी ह’त्यामा प्रयोग भएको पन्जा मोटरसाइकलमा राखेर डडेल्धुरा गएका थिए। सो क्रममा लगाएको लुगा उनले डडेल्धुराको घरनजिक आगोले जलाई प्रमाण मेटाएको प्रहरीले जनाएको छ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?