भण्डारी दम्पतीको मड;रमा छोराकै संलग्नताःयसरी गरेका थिए मड;र

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती ह’त्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन् । उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ’ गरी सोमबार सार्वजनिक गरेको हो।

फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारि’लो हति’यार प्रयोग गरी ह’त्या’ भएको थियो। भरत मृतक जयलालका जेठी श्रीमतीतर्फका छोरा हुन्। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी भरतलाई सार्वजनिक गरिएको हो।

पतिपत्नीको हत्या प्रकरण रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी]ले पनि अनुसन्धान थालेको थियो। जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको आफ्नै घरभित्र ह’त्या गरेको अवस्थामा शव भेटिएको थियो।

भरत कञ्चनपुर शुक्लाफाटा नगरपालिका ११ कलुवापरका स्थायी बासिन्दा भए पनि डडेल्धुरा बस्दै आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध २०७३ सालमा पनि ज्यान मार्ने उद्योग चलेको थियो।

प्रहरीले यस प्रकरणमा अंशबण्डा र सम्पत्तिको भोगचलन, पारिवारिक झैझगडा र बेमेललाई ह’त्याको कारण मानेको छ। त्यस्तै बुबाले सरसल्लाहविनै सौतेनी आमा भित्र्याएको बारे भरत असन्तुष्ट रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

कसरी घट्यो घ’टना ?
प्रारम्भिक अनुसन्धानका क्रममा भरतले गत फागुन १३ गते डडेल्धुराबाट सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षा दिन मोटरसाइकलमा चढी महेन्द्रनगर आई बसेको खुलेको छ। त्यस्तै १४ गते बिहान ९ः३० बजे उक्त परीक्षा दिएकामा उनी अनुत्तीर्ण भएका थिए।

त्यसपछि साथी र आफन्तलाई डडेल्धुरा जान्छु भनी उनी हिँडेका थिए। अपराह्नतिर कैलालीको गोदावरी पुगे पनि उनी कलुवापुर फर्किएका थिए। सो क्रममा मदिरा पान गरी राति ८ः३० मा उनी झलारीस्थित घरमा पुगेको प्रहरीले जनाएको छ।

घर आएपछि बुबासँग केही कुरा गरेका थिए। बुबा सुत्न गएपछि उनले आमा धना भण्डारीसँग पनि गफगाफ गरेका थिए। सोलगत्तै आमा छोराको विवाद भएको थियो। त्यसपछि उनले आमा धनालाई लोरो प्रहार गरेका थिए। अचेत भएपछि धनाको घाँटीमा आँसी [हसिया] समेत प्रयोग गरी ह’त्या गरेको प्रहरीको भनाइ छ।

त्यसपछि उनले बुबा जयबहादुरलाई पनि सोही हतियार प्रहार गरी ह’त्या गरेका थिए। त्यसपछि उनी ह’त्यामा प्रयोग भएको पन्जा मोटरसाइकलमा राखेर डडेल्धुरा गएका थिए। सो क्रममा लगाएको लुगा उनले डडेल्धुराको घरनजिक आगोले जलाई प्रमाण मेटाएको प्रहरीले जनाएको छ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?