महेन्द्रनगरमा छायांकन गरीएको ‘द’ वा’र अ’फ ग्या’ङगस्टरस्’ चलचित्र बैशाखमा रि’लिज हुने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा छायांकन गरीएको नेपाली चलचित्र ‘द वार अफ ग्याङगस्टरस्’ आउदो बैशाखमा रिलिज हुने भएको छ ।

पछिल्लो समयमा युवयुवती तथा ग्याङगस्टरसको रहन–सहन, आनीबानी तथा उनिहरुको जीवनीे झल्काउने गरी निर्माण गरीएको उक्त नेपाली चलचित्र आउदो बैशाखमा रिलिज हुने ‘द वार अफ ग्याङगस्टरस्’का निर्देशक कमल सुनारले बताए ।

उनले भने ‘ग्याङगस्टरसको लाईफ(जीवनी)लाई झल्काउने गरी चलचित्र निर्माण गरेका छौ ।’ उनले थपे‘कोरोना भाइरसले कुनै समस्या नगरे चलचित्र आउदो बैशाखमै रिलिज हुन्छ ।’

१० लाख लगानीमा निर्माण गरीएको उक्त चलचित्रको जम्मा आम्दानीको ५ प्रतिशत महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग गरीने निर्देशक सुनारले बताए ।

लोकेन्द्र साउँदको निर्मातामा निर्माण गरीएको चलचित्रमा धिरज जोशी, कमल सुनार, अञ्जली कोहली, नरेन्द्र चौधरी, प्रकाश चुनारा निरज सिंह साउँद लगायतका कलाकारहरु रहेका निर्देशक सुनारले जानकारी दिए ।

चलचित्रले एउटा राम्रो संदेशमुलक, मनोरञ्जनात्मक भएको र चलचित्रको जम्मा आम्दानीको ५ प्रतिशत अनाथ बालवालिकाहरुमा लगानी गरीने भएकोले सबैलाई चलचित्र हेर्न निर्देशक सुनारले अनुरोध गरेका छन् ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?