कोरोनाभाइरसः रहेनन् वुहान अस्पतालकै निर्देशक लिउ झिमिङ

एजेन्सी

लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो। कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो।

अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए।

साथीहरूसँग त्यस्तो चेतावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो। पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए। उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?