११ औँ प्याब्सन फेस्टेवलः कब्बडीमा डायमण्ड प्रथम

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल कञ्चनपुरकाको आयोजनामा जारी ‘११ औँ प्याब्सन फेस्टेवल’को पुरुष तर्फको कब्बडीमा डायमण्ड पब्लिक एकाडेमी प्रथम भएको छ ।

पुरुष तर्फको कब्बडीमा डायमण्ड एकाडेमी प्रथम,नागार्जुन द्धितिय र होली फेम्ली र वेस्टन एकाडेमी तृतिय भएको ११ औ प्याब्सन फेस्टेबलका संयोजक अमराज भट्टले बताए ।

त्यस्तै महिला तर्फ वेस्टन प्रथम, ब्रह्मदेब द्धितिय र लिटिल स्टार र सान एकाडेमी तृतिय भएका छन् । आधारभुत तह अन्तर्गत पुरुष तर्फको कब्बडीमा डायमण्ड एकाडेमी प्रथम,मेधबी स्कुल द्धितिय,ब्रह्मदेब र नागार्जुन तृतिय भएका छन् । त्यस्तै महिला तर्फ सौगात एकाडेमी प्रथम,होली फेम्ली द्धितिय र डायमण्ड र चन्द्रशुर्य तृतिय भएको संयोजक भट्टले बताए ।

माध्यमिक तहः लङजम्प
मंगलवार भएको माध्यमिक तह अन्तर्गत पुरुष तर्फको लङजम्पमा मोर्डन मन्टेश्वरीका धिरज पार्की, अरनिकोका दिपेश अवस्थी, र लिटिल स्टारका विपिन भट्ट क्रमश प्रथम,द्धितिय, तृतिय भएका छन् । त्यस्तै महिला तर्फ डायमण्ड पब्लिक स्कुलकी अञ्जली चन्द, वेस्टन पब्लिककी, पुजा ओड र सनराईजकी याशु पाण्डे क्रमश प्रथम,द्धितिय, तृतिय भएका छन् ।

माध्यमिक तहः ज्याब्लीङ थ्रो
माध्यमिक तह अन्तर्गत पुरुष तर्फको ज्याब्लीङ थ्रोमा डायमण्डका निरज लुहार, अरनिकोका निरज बोहरा र शिशु विद्याका हरीश धामी क्रमश प्रथम,द्धितिय,तृतिय भए । महिला तर्फ डायमण्डकी तारा नाथ, इन्टरनेशनल पब्लिककी बिस्ना विष्ट र होली फेम्लीकी कुमकुक विष्ट क्रमश प्रथम,द्धितिय,तृतिय भएका छन् ।

माध्यमिक तहः सटपुट
माध्यमिक तहको पुरुष तर्फको सटपुटमा डायमण्डका अभिषेक चन्द, शिशु विद्याका आषिश बुढाऐर र अरनिकोका साहिल ओखडा क्रमश प्रथम,द्धितिय,तृतिय भए । त्यस्तै महिला तर्फ एभरेष्ट इभरग्रिनकी पुजा भट्ट, इन्टरनेशनलकी सपना विष्ट र मेधबीकी दिपेक्षा चौधरी क्रमश प्रथम,द्धितिय, तृतिय भएका छन् ।

माध्यमिक तहः ४×१०० मिटर रिले दौड
माध्यमिक तहको पुरुष तर्फको ४×१०० मिटर रिले अरनिकोका निरज बोहरा, नवराज भट्ट,साहिल ओखडा,दिपेश अवस्थी प्रथम, सनराईजका नितेश विष्ट,रोशन चन्द, महेश राना, निराजन चौधरी द्धितिय र शिशु विद्याका दिपक अधिकारी, आशिष बुढाऐर, उमेश एडी, महेश राना तृतिय भए । त्यस्तै महिला तर्फ, डायमण्डका अञ्जली चन्द, चादनी विष्ट,अन्जु ओझा,तारा नाथ प्रथम, अरनिकोका पुस्पा शाही, पुनम चन्द, गोमती बुढाक्षेत्री, करुणा गडाल द्धितिय र एभ्रेष्टका पुजा भट्ट, अञ्जली चन्द, आकांक्षा चन्द, काजल रावल तृतिय भएका छन् ।

माध्यमिक तहः एकल ब्याडमिन्टन
माध्यमिक तहको पुरुष तर्फको एकल ब्याडमिन्टनमा सनराईज, ग्लोबल क्रमश प्रथम, द्धितिय भए । त्यस्तै महिला तर्फ इन्टरनेशनल, ग्लोबल क्रमश प्रथम, द्धितिय भएका छन् ।

माध्यमिक तहः डबल ब्याडमिन्टन
माध्यमिक तह अन्तर्गत पुरुष तर्फ डबल ब्याडमिन्टनमा ग्लोबल,सनराईज क्रमश क्रमश प्रथम, द्धितिय र महिला तर्फ इन्टरनेशनल र सनराईज क्रमश प्रथम, द्धितिय भएका छन् ।

आधाभुत तहः एकल ब्याडमिन्टन
आधाभुत तह अन्तर्ग पुरुष तर्फको एकल ब्याडमिन्टनमा ग्लोबल एकाडेमी प्रथम र लिटिल स्टार द्धितिय भएको छ । त्यस्तै महिला तर्फ चन्द्रशुर्य प्रथम र कस्मोपोलीटन स्कुल द्धितिय भएको छ ।

आधाभुत तहः डबल ब्याडमिन्टन
आधारभुत तह अन्तर्गत पुरुष तर्फको डबल ब्याडमिन्टनमा इन्टरनेशनल प्रथम र ग्लोबल एकाडेमी द्धितिय भएको छ । त्यस्तै महिला तर्फ कस्मोपोलीटन प्रथम र हुनैनाथ द्धितिय भएको छ ।

आधाभुत तहः हाईजम्प
आधारभुत तह अन्तर्गत पुरुष तर्फको हाईजम्पमा ब्राइट स्टारका दामोदर चौधरी र न्यू सरस्वतीका आशिष महर क्रमश प्रथम,द्धितिय भए । त्यस्तै महिला तर्फ,शिशु विद्याका सोनु खड्का,डायमण्डकी स्मृति चन्द क्रमश प्रथम र द्धितिय भएका छन् ।

आधाभुत तहः ४×१०० मिटर रिले दौड
आधारभुत तह अन्तर्गत पुरुष तर्फका ४×१०० मिटर रिले दौडमा अरनिकोका गौरव भट्ट,धर्मेन्द्र धामी, लव बोहरा, सन्तोष भट्ट प्रथम, मेधबीका पुकार थापा, इन्द्र चौधरी, सुमित चौधरी, दिनेश भट्ट द्धितिय र चन्द्र देवलका भरत विष्ट, ललित विष्ट,आकाश भण्डारी,बिरेन्द्र राना तृतिय भएका छन् । त्यस्तै महिला तर्फ, डायमण्डका जेट्सना भट्ट,स्मृति चन्द,अमृता नाथ,अंकिता चन्द प्रथम, मेधबीका मुना विष्ट,सुमित्रा धामी,सविना चौधरी, रोजी बम द्धितिय र सनलाईटका सरिता धामी, लक्ष्मी चौधरी,सबिता नाथ,कञ्चन भारती तृतिय भएका छन् ।

प्रतियोगिता अन्तर्गत प्रत्येक इभेन्टमा प्रथम, द्धितिय तथा तृतीय हुने खेलाडी तथा विद्यालयहरुलाई नगद, प्रमाणपत्र तथा मेडल लगाएतका पुरस्का प्रदान गरिने छ ।

११ औ प्याब्सन फेस्टेबलको समापन भोली (बुधबार) गरीने संयोजक भट्टले जानकारी दिए ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?