६ विश्वविद्यालयमा उपकुलपतिका लागि ७० भन्दा बढीको आवेदन

कार्तिक १६, महेन्द्रनगर । 

विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो ।

 शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरेको छ ।

विभिन्न माध्यमबाट आवेदन दर्ता भएकाले विवरण संकलन भइनसकेको मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए ।

 ‘कतिपय आवेदन इमेलबाट आएका छन्, कतिपय मन्त्रालय, मन्त्री, सचिव र महाशाखाको सचिवालयमा दर्ता भएका छन्,’ उनले भने, ‘संकलन गरेर रुजु गर्दै छौं ।’

६ विश्वविद्यालयमा ७० भन्दा बढीले उपकुलपति बन्न इच्छा देखाएको मन्त्रालयले जनाएको छ ।

एकै जनाले ६ वटै विश्वविद्यालयको उपकुलपति बन्न आवेदनसमेत दर्ता गराएको स्रोतले बतायो ।

 सुरुमा उपकुलपति नियुक्तिको चर्चामा रहेका कतिपय व्यक्तिले आवेदन दिएका थिएनन् ।

शिक्षामन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीको आग्रहमा उनीहरूले समेत अन्तिम समयमा निवेदन दिएको स्रोतले जनाएको छ ।

आवेदन दिने म्याद सकिएकाले निवदेन संकलन सुरु भएको सिफारिस समितिकी सदस्य उषा झाले जानकारी दिइन् । ‘निवेदन संकलनसँगै योग्यताको परीक्षण गरेर अघि बढ्छौं,’ उनले भनिन् ।

सर्च कमिटीले आवेदकका कागजातमाथि अध्ययन गरेपछि उनीहरूको सूची सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।

उपकुलपति नियुक्ति गर्न सम्भावित उम्मेदवारको सूची तयार भएपछि तिनैमध्ये एकलाई नियुक्ति दिइने कमिटीले जनाएको छ । विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै सूची तयार पार्ने तयारी गरिएको हो ।

मन्त्रालयले पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यका लागि कात्तिक ७ गते आवेदन दिन आह्वान गरेको थियो ।

त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि पनि आवेदन माग गरिएको थियो ।


यी ३ विश्वविद्यालयका लागि इच्छुकले आवेदन दिने म्याद बिहीबार सकिएको हो ।

पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति हुन चाहनेका लागि मन्त्रालयले कात्तिक ९ मा सार्वजनिक सूचना जारी गरेर आवेदन दिन आह्वान गरेको थियो ।

यी विश्वविद्यालयका लागि आवेदन दिने सातदिने म्याद शुक्रबारबाट सकिएको सापकोटाले जानकारी दिए ।



उपकुलपति रिक्त ७ विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले त्रिभुवन विश्वविद्यालयका लागि ३ जनाको नाम सिफारिस गर्दै अन्य ६ विश्वविद्यालयका लागि रोस्टर तयार पार्न इच्छुकको आवेदन मागेको हो ।



शिक्षाविद्हरूले भने सर्च कमिटीले योग्य र सक्षम उम्मेदवार पहिचान गर्न नसकेर आवेदन मागिएको भन्दै असन्तुष्टि जनाएका छन् । योग्य र सक्षमले आवेदन नदिने उनीहरूको तर्क छ । मन्त्रालयले व्यक्तिगत विवरणसहित सम्बन्धित विश्वविद्यालय ऐनको परिधिभित्र रहेर आवेदन दिन आग्रह गरेको थियो ।



पोखरा, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सर्च कमिटी बनेको छ ।



सुदूरपश्चिम र मध्यपश्चिममा शिक्षा सचिव महेश दाहाल र अर्थ सचिव राजन खनाल सदस्य छन् । पोखरामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव हाल सदस्य छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा झा र शिक्षा सचिव दाहाल सदस्य छन् । कृषि विश्वविद्यायको सर्च कमिटीमा दाहाल र अध्यक्ष सुवेदी सदस्य छन् ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?