६ विश्वविद्यालयमा उपकुलपतिका लागि ७० भन्दा बढीको आवेदन

कार्तिक १६, महेन्द्रनगर । 

विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो ।

 शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरेको छ ।

विभिन्न माध्यमबाट आवेदन दर्ता भएकाले विवरण संकलन भइनसकेको मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए ।

 ‘कतिपय आवेदन इमेलबाट आएका छन्, कतिपय मन्त्रालय, मन्त्री, सचिव र महाशाखाको सचिवालयमा दर्ता भएका छन्,’ उनले भने, ‘संकलन गरेर रुजु गर्दै छौं ।’

६ विश्वविद्यालयमा ७० भन्दा बढीले उपकुलपति बन्न इच्छा देखाएको मन्त्रालयले जनाएको छ ।

एकै जनाले ६ वटै विश्वविद्यालयको उपकुलपति बन्न आवेदनसमेत दर्ता गराएको स्रोतले बतायो ।

 सुरुमा उपकुलपति नियुक्तिको चर्चामा रहेका कतिपय व्यक्तिले आवेदन दिएका थिएनन् ।

शिक्षामन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीको आग्रहमा उनीहरूले समेत अन्तिम समयमा निवेदन दिएको स्रोतले जनाएको छ ।

आवेदन दिने म्याद सकिएकाले निवदेन संकलन सुरु भएको सिफारिस समितिकी सदस्य उषा झाले जानकारी दिइन् । ‘निवेदन संकलनसँगै योग्यताको परीक्षण गरेर अघि बढ्छौं,’ उनले भनिन् ।

सर्च कमिटीले आवेदकका कागजातमाथि अध्ययन गरेपछि उनीहरूको सूची सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।

उपकुलपति नियुक्ति गर्न सम्भावित उम्मेदवारको सूची तयार भएपछि तिनैमध्ये एकलाई नियुक्ति दिइने कमिटीले जनाएको छ । विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै सूची तयार पार्ने तयारी गरिएको हो ।

मन्त्रालयले पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यका लागि कात्तिक ७ गते आवेदन दिन आह्वान गरेको थियो ।

त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि पनि आवेदन माग गरिएको थियो ।


यी ३ विश्वविद्यालयका लागि इच्छुकले आवेदन दिने म्याद बिहीबार सकिएको हो ।

पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति हुन चाहनेका लागि मन्त्रालयले कात्तिक ९ मा सार्वजनिक सूचना जारी गरेर आवेदन दिन आह्वान गरेको थियो ।

यी विश्वविद्यालयका लागि आवेदन दिने सातदिने म्याद शुक्रबारबाट सकिएको सापकोटाले जानकारी दिए ।



उपकुलपति रिक्त ७ विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले त्रिभुवन विश्वविद्यालयका लागि ३ जनाको नाम सिफारिस गर्दै अन्य ६ विश्वविद्यालयका लागि रोस्टर तयार पार्न इच्छुकको आवेदन मागेको हो ।



शिक्षाविद्हरूले भने सर्च कमिटीले योग्य र सक्षम उम्मेदवार पहिचान गर्न नसकेर आवेदन मागिएको भन्दै असन्तुष्टि जनाएका छन् । योग्य र सक्षमले आवेदन नदिने उनीहरूको तर्क छ । मन्त्रालयले व्यक्तिगत विवरणसहित सम्बन्धित विश्वविद्यालय ऐनको परिधिभित्र रहेर आवेदन दिन आग्रह गरेको थियो ।



पोखरा, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सर्च कमिटी बनेको छ ।



सुदूरपश्चिम र मध्यपश्चिममा शिक्षा सचिव महेश दाहाल र अर्थ सचिव राजन खनाल सदस्य छन् । पोखरामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव हाल सदस्य छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा झा र शिक्षा सचिव दाहाल सदस्य छन् । कृषि विश्वविद्यायको सर्च कमिटीमा दाहाल र अध्यक्ष सुवेदी सदस्य छन् ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?