जनसरोकार पोष्ट दैनीकको बार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण

कञ्चनपुर  – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको बार्षिकोत्सवको अवसरमा महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमका विच जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको १२औँ बार्षिकोत्सवको अवसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो ।
जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले विगतका बर्षहरुमा बार्षिकोत्सवका अवसरमा समाजिक कार्य गर्दै आएको र यस बर्ष निरन्तरता दिएको बताए ।

‘हामीले हरेक बार्षिकोत्सवका अवसरमा केही न केही समाजिक कार्य गर्दै आएका थियौँ, ‘उनले भने, ‘त्यसैको निरन्तरता स्वरुप यस पटकको बार्षिकोत्सवमा बिरामीलाई फलफुल वितरण गरेका हौँ ।’

बार्षिकोत्सवमा समाजिक कार्य गर्न उदेश्यले महाकाली अस्पतालका बिरामीलाई स्याउ, केरा सहितको फलफुल वितरण गरिएको प्रकासक अवस्थीले बताए ।
महाकाली प्रादेशिक अस्पतालमा निमित्त मेसु डा. अर्जुन कुमार भट्टले संचार क्षेत्रबाट अस्पतालका बिरामीप्रति देखाएको सद्भाव प्रेरणादायक भएको बताए ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट(किरण)ले अस्पतालको बृद्धि विकासका अलावा बार्षिकोत्सवमा समाजिक कार्य गरिएको भन्दै आभार प्रकट गरेका छन । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले समसायिक राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?