जनसरोकार पोष्ट दैनीकको बार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण

कञ्चनपुर  – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको बार्षिकोत्सवको अवसरमा महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमका विच जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको १२औँ बार्षिकोत्सवको अवसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो ।
जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले विगतका बर्षहरुमा बार्षिकोत्सवका अवसरमा समाजिक कार्य गर्दै आएको र यस बर्ष निरन्तरता दिएको बताए ।

‘हामीले हरेक बार्षिकोत्सवका अवसरमा केही न केही समाजिक कार्य गर्दै आएका थियौँ, ‘उनले भने, ‘त्यसैको निरन्तरता स्वरुप यस पटकको बार्षिकोत्सवमा बिरामीलाई फलफुल वितरण गरेका हौँ ।’

बार्षिकोत्सवमा समाजिक कार्य गर्न उदेश्यले महाकाली अस्पतालका बिरामीलाई स्याउ, केरा सहितको फलफुल वितरण गरिएको प्रकासक अवस्थीले बताए ।
महाकाली प्रादेशिक अस्पतालमा निमित्त मेसु डा. अर्जुन कुमार भट्टले संचार क्षेत्रबाट अस्पतालका बिरामीप्रति देखाएको सद्भाव प्रेरणादायक भएको बताए ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट(किरण)ले अस्पतालको बृद्धि विकासका अलावा बार्षिकोत्सवमा समाजिक कार्य गरिएको भन्दै आभार प्रकट गरेका छन । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले समसायिक राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएको छ ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?