विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुद्वारा वृहत हस्ताक्षर संकलन

कञ्चनपुर-हमास समुहको कब्जामा रहेका नेपाली कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुले हस्ताक्षर संकलन गरिरहेको छ । सत्ताशिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुरमा हस्ताक्षर संकलन गरिरहेको हो ।

अनेरास्ववियु कञ्चनपुरले १० महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी हमास समुहको नियन्त्रणमा रहदासमेत सरकार प्रभावकारी पहल गर्न नसक्दा अझै नियन्त्रणमा भएकाले दवाव सृजना गर्न हस्ताक्षर संकलन अभियान शुरु गरिएको जनाएको छ ।

अध्यक्ष अमर सिह धामीले आतङकवादी हमास समुहको कब्जामा रहेका विपिन जोशीको रिहाईका लागि विद्यार्थीबाट हस्ताक्षर संकलन गरिएको बताए । अध्यक्ष धामीले केही दिन थप हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाईने बताए ।

अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष धर्मराज जोशीले सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि दवाव दिन हस्ताक्षर संकलन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको मुल गेटमै डेस्क राखेर हस्ताक्षर संकलन शुरु गरिएको छ ।

‘हामीले अहिले हस्ताक्षर संकलन गर्दैछौँ, केही दिन पनि यो अंभियान संचालन गछौँ, ‘उनले भने, ‘लगतै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र सहित हस्ताक्षर बुझाउँछौँ ।’
२० असोज ०८० प्यालेष्टाईनी हमास समुहले इजरायलमा हमला गर्दा त्यहाँ लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईन्टनशिप गरिरहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशी नियन्त्रणमा लिएको र केही मारिएको केही विद्यार्थी घाईते भएका थिए ।

संघीय सरकार, तिनका मन्त्रीहरुले विगतदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि पहल गरिएको आश्वासन दिएको महिनौँ वितिसक्दा पनि परिमाण केही नआएपछि घर परिवार, आफन्त, ईष्टमित्र, साथीभाई विद्यार्थी संघ संगठन चिन्तित बनेका छन ।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?