विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुद्वारा वृहत हस्ताक्षर संकलन

कञ्चनपुर-हमास समुहको कब्जामा रहेका नेपाली कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुले हस्ताक्षर संकलन गरिरहेको छ । सत्ताशिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुरमा हस्ताक्षर संकलन गरिरहेको हो ।

अनेरास्ववियु कञ्चनपुरले १० महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी हमास समुहको नियन्त्रणमा रहदासमेत सरकार प्रभावकारी पहल गर्न नसक्दा अझै नियन्त्रणमा भएकाले दवाव सृजना गर्न हस्ताक्षर संकलन अभियान शुरु गरिएको जनाएको छ ।

अध्यक्ष अमर सिह धामीले आतङकवादी हमास समुहको कब्जामा रहेका विपिन जोशीको रिहाईका लागि विद्यार्थीबाट हस्ताक्षर संकलन गरिएको बताए । अध्यक्ष धामीले केही दिन थप हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाईने बताए ।

अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष धर्मराज जोशीले सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि दवाव दिन हस्ताक्षर संकलन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको मुल गेटमै डेस्क राखेर हस्ताक्षर संकलन शुरु गरिएको छ ।

‘हामीले अहिले हस्ताक्षर संकलन गर्दैछौँ, केही दिन पनि यो अंभियान संचालन गछौँ, ‘उनले भने, ‘लगतै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र सहित हस्ताक्षर बुझाउँछौँ ।’
२० असोज ०८० प्यालेष्टाईनी हमास समुहले इजरायलमा हमला गर्दा त्यहाँ लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईन्टनशिप गरिरहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशी नियन्त्रणमा लिएको र केही मारिएको केही विद्यार्थी घाईते भएका थिए ।

संघीय सरकार, तिनका मन्त्रीहरुले विगतदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि पहल गरिएको आश्वासन दिएको महिनौँ वितिसक्दा पनि परिमाण केही नआएपछि घर परिवार, आफन्त, ईष्टमित्र, साथीभाई विद्यार्थी संघ संगठन चिन्तित बनेका छन ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?