ससस्त्र प्रहरी वल नेपाल नम्वर ३५ गण हे.क्वाकोे २१ औं स्थापना दिवश सम्पन्न

कञ्चनपुर-ससस्त्र प्रहरी वल नेपाल नम्वर ३५ गण हेडक्वाटरले आफ्नो २१ औं स्थापना दिवश मनाएको छ ।ससस्त्र प्रहरी वल नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरले आफ्नोे २१ औं स्थापना दिवश विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

शुक्रवार ससस्त्र प्रहरी वल नेपाल नम्वर ७ बैद्यनाथ वाहिनी मुख्यालयका बाहिनी पती ससस्त्र प्रहरी नायव महानिरिक्षक दिपक अधिकारीको प्रमुख आतिथ्यमा नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरले २१ औंं स्थापना दिवश मनाएको हो । कार्यक्रममा उत्कृष्ठ काम गर्ने ससस्त्र प्रहरी कर्मचारीहरु लाई सम्मान गरिनुका साथै अवकाश प्राप्त ससस्त्र प्रहरी कर्मचारीहरु लाइ कदर पत्र, र सहयोग गर्ने महानुभावहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नम्वर ७ बैद्यनाथ वाहिनी मुख्यालय, कैलालीका बाहिनीपती ससस्त्र प्रहरी नायव महानिरिक्षक दिपक अधिकारीले यस नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरको स्गापना दिवशको शुभकामना व्यक्त गर्दै संगठनको मुल्य मान्यतामा रही कानूनले निर्दिष्ठ गरेको कुरालाई अक्षरस पालना गर्न र नागरिकहरुलाई शान्ति सुरक्षा लगायतको सेवा निस्वार्थ रुपमा प्रदान गर्न निर्देहन समेत दिनु भयो ।

यसै गरि यस नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरका गणपती ससस्त्र प्रहरी उपरिक्षक खगेन्द्र वहादुर चन्दले २०६१ सालमा स्थापना भएको यस नम्वर ३५ गण हेडक्वाटरले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद व्यवस्थापन लगायतका विविध कार्यहरु गर्दै आउको वताउदै राजश्व संकलनमा समेत उल्लेख्य उपलव्धि हासिल गरेको वताउनु भयो । साथै उहाले आगामी दिनमा समेत जिल्लाको शान्ति सुरक्षा चुस्त दुरस्त राख्न भुमिका खेल्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा सुदुरपश्चिम लगायत नेपालको संस्कृति झल्कीने छलिया, थारु, तामाङ्ग नृत्य लगायतका विविध सांस्कृतिक कायृक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त कायृक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पुर्व प्रहरी, अमर शहिद परिवारका प्रतिनीधि लगायतका विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?