ससस्त्र प्रहरी वल नेपाल नम्वर ३५ गण हे.क्वाकोे २१ औं स्थापना दिवश सम्पन्न

कञ्चनपुर-ससस्त्र प्रहरी वल नेपाल नम्वर ३५ गण हेडक्वाटरले आफ्नो २१ औं स्थापना दिवश मनाएको छ ।ससस्त्र प्रहरी वल नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरले आफ्नोे २१ औं स्थापना दिवश विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

शुक्रवार ससस्त्र प्रहरी वल नेपाल नम्वर ७ बैद्यनाथ वाहिनी मुख्यालयका बाहिनी पती ससस्त्र प्रहरी नायव महानिरिक्षक दिपक अधिकारीको प्रमुख आतिथ्यमा नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरले २१ औंं स्थापना दिवश मनाएको हो । कार्यक्रममा उत्कृष्ठ काम गर्ने ससस्त्र प्रहरी कर्मचारीहरु लाई सम्मान गरिनुका साथै अवकाश प्राप्त ससस्त्र प्रहरी कर्मचारीहरु लाइ कदर पत्र, र सहयोग गर्ने महानुभावहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नम्वर ७ बैद्यनाथ वाहिनी मुख्यालय, कैलालीका बाहिनीपती ससस्त्र प्रहरी नायव महानिरिक्षक दिपक अधिकारीले यस नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरको स्गापना दिवशको शुभकामना व्यक्त गर्दै संगठनको मुल्य मान्यतामा रही कानूनले निर्दिष्ठ गरेको कुरालाई अक्षरस पालना गर्न र नागरिकहरुलाई शान्ति सुरक्षा लगायतको सेवा निस्वार्थ रुपमा प्रदान गर्न निर्देहन समेत दिनु भयो ।

यसै गरि यस नम्वर ३५ गण हेडक्वारटर शैलेश्वरी कञ्चनपुरका गणपती ससस्त्र प्रहरी उपरिक्षक खगेन्द्र वहादुर चन्दले २०६१ सालमा स्थापना भएको यस नम्वर ३५ गण हेडक्वाटरले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद व्यवस्थापन लगायतका विविध कार्यहरु गर्दै आउको वताउदै राजश्व संकलनमा समेत उल्लेख्य उपलव्धि हासिल गरेको वताउनु भयो । साथै उहाले आगामी दिनमा समेत जिल्लाको शान्ति सुरक्षा चुस्त दुरस्त राख्न भुमिका खेल्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा सुदुरपश्चिम लगायत नेपालको संस्कृति झल्कीने छलिया, थारु, तामाङ्ग नृत्य लगायतका विविध सांस्कृतिक कायृक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त कायृक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पुर्व प्रहरी, अमर शहिद परिवारका प्रतिनीधि लगायतका विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?