पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायमा लागु गर्यो परिमार्जित पाठ्यक्रम

पोखरा विश्वविद्यालयले विद्यार्थीहरुलाई समय सापेक्ष जिवनोपयोगी शिक्षा दिने उद्देश्यले आफ्नो पाठ्यक्रममा संसोधन गरेर लागु गरेको छ ।
पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले विश्व वजारको माग अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष जिवनोपयोगी शिक्षा दिने उद्देश्यले परिमार्जित पाठ्यक्रम लागु गरेको हाे । मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा ब्रीक्सटन कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा. दया राज ढकालले नया परिमार्जित पाठ्यक्रममा सैद्धान्तीक भन्दा पनी प्रयोगात्मक कक्षाहरुलाई प्राथमिकतामा राखेको हुदा विद्यार्थीहरुले जिवनउपयोगि शिक्षा लिन सक्ने र पढाई सकेर जागिर खोज्दै भौतारिनु पर्ने अवस्था नआउने वताउनु भयो । साथै उहाले नया पाठ्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने र समाज परिवर्तनको लागी महत्वपुर्ण भुमिका खेल्न सक्ने समेत वताउनु भयो ।

यसै गरि यसै वर्ष देखि ब्रीक्सटन कलेजले एम वि ए र बि बि सिए का कक्षाहरु सञ्चालनमा ल्याउन लागेको र नया कक्षाहरु परिमार्जित पाठ्क्रम अनुसार अध्यापन गराईने प्रिन्सिपल डा भोजराज पन्तले वताउनु भएको छ । नया परिमार्जित पाठ्क्रम अनुसारको शिक्षा हासिल गरेपछी आफु र समाजको लागी पनी विद्यार्थीहरुले केहि गर्न सक्ने समेत उहाले विश्वास व्यक्त गर्नु भएको छ ।
पोखरा विश्वविद्यालयले नया संसोधित पाठ्यक्रम लागु गरे पछी दक्ष जनशक्ती उत्पादन संगै भए पछी शैक्षिक वेरोजगारी हट्ने र समाज परिवर्तनमा समेत महत्वपुर्ण उपलव्धि हासिल हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?