पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायमा लागु गर्यो परिमार्जित पाठ्यक्रम

पोखरा विश्वविद्यालयले विद्यार्थीहरुलाई समय सापेक्ष जिवनोपयोगी शिक्षा दिने उद्देश्यले आफ्नो पाठ्यक्रममा संसोधन गरेर लागु गरेको छ ।
पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले विश्व वजारको माग अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष जिवनोपयोगी शिक्षा दिने उद्देश्यले परिमार्जित पाठ्यक्रम लागु गरेको हाे । मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा ब्रीक्सटन कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा. दया राज ढकालले नया परिमार्जित पाठ्यक्रममा सैद्धान्तीक भन्दा पनी प्रयोगात्मक कक्षाहरुलाई प्राथमिकतामा राखेको हुदा विद्यार्थीहरुले जिवनउपयोगि शिक्षा लिन सक्ने र पढाई सकेर जागिर खोज्दै भौतारिनु पर्ने अवस्था नआउने वताउनु भयो । साथै उहाले नया पाठ्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने र समाज परिवर्तनको लागी महत्वपुर्ण भुमिका खेल्न सक्ने समेत वताउनु भयो ।

यसै गरि यसै वर्ष देखि ब्रीक्सटन कलेजले एम वि ए र बि बि सिए का कक्षाहरु सञ्चालनमा ल्याउन लागेको र नया कक्षाहरु परिमार्जित पाठ्क्रम अनुसार अध्यापन गराईने प्रिन्सिपल डा भोजराज पन्तले वताउनु भएको छ । नया परिमार्जित पाठ्क्रम अनुसारको शिक्षा हासिल गरेपछी आफु र समाजको लागी पनी विद्यार्थीहरुले केहि गर्न सक्ने समेत उहाले विश्वास व्यक्त गर्नु भएको छ ।
पोखरा विश्वविद्यालयले नया संसोधित पाठ्यक्रम लागु गरे पछी दक्ष जनशक्ती उत्पादन संगै भए पछी शैक्षिक वेरोजगारी हट्ने र समाज परिवर्तनमा समेत महत्वपुर्ण उपलव्धि हासिल हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?