वडा अध्यक्ष केशव खत्रीको पहलमा बाढीपिडितहरुलाई खाद्यान्य सहयोग

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई वडा अध्यक्ष केशव खत्रीको पहलमा खाद्यान्य सहयोग गरिएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ३ पटरा खल्लाका बाढीपिडित ३७ घरपरिवारलाई वडा नम्वर ५ का वडाअध्यक्ष केशव खत्रीको पहलमा खाद्यान्य सहयोग गरिएको हो । शनिबार दोधारा चाँदनी नगरपालिका वडा नम्वर – ३ पटरा खल्लाका बाढीपिडित ३७ घरपरिवारलाइ वडअध्यक्ष खत्रीको पहलमा अध्यक्ष खत्री  संगै राप्रपा केन्द्रिय अध्यक्ष मा. राजेन्द्र लिङ्गदेन मार्फत संजीव श्रेष्ठले पठाएको रु पचास हजार र अन्य व्यक्तीहरु बाट संकलीत रकम बाट खाद्यान्य सहयोग गरिएको हो ।

आफु बाढी आएको बेला काम विषेसले काठमाण्डौमा रहेको हुदा दोधारा चाँदनी नगरपालिकामा भएको विनासको लागी केहि न केहि सहयोग गर्नु पर्छ भनेर केन्द्रीय नेतृत्व संग सर सल्लाह गरेर उपलव्ध भएको सहयोग बाट खाद्यान्य सहयोग गरिएको दोधारा चादनी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष केशव खत्रीले वताउनु भयो । साथै उहाले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर सबै भन्दा बढी क्षती भएका पटरा खल्लाका ३७ घरपरिवारलाई खाद्यान्य सहयोग गरिएको वताउनु भयो ।

पटरा खल्लाका बाढीपिडितहरु अझै पनी जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन भने विगत देखी नै दिनदुखीहरुलाई सहयोग गर्दै आएका वडाअध्यक्ष खत्रीले आगामी दिनहरुमा पनी राप्रपा र आफुले पिडितहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?