कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई वडा अध्यक्ष केशव खत्रीको पहलमा खाद्यान्य सहयोग गरिएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ३ पटरा खल्लाका बाढीपिडित ३७ घरपरिवारलाई वडा नम्वर ५ का वडाअध्यक्ष केशव खत्रीको पहलमा खाद्यान्य सहयोग गरिएको हो । शनिबार दोधारा चाँदनी नगरपालिका वडा नम्वर – ३ पटरा खल्लाका बाढीपिडित ३७ घरपरिवारलाइ वडअध्यक्ष खत्रीको पहलमा अध्यक्ष खत्री संगै राप्रपा केन्द्रिय अध्यक्ष मा. राजेन्द्र लिङ्गदेन मार्फत संजीव श्रेष्ठले पठाएको रु पचास हजार र अन्य व्यक्तीहरु बाट संकलीत रकम बाट खाद्यान्य सहयोग गरिएको हो ।
आफु बाढी आएको बेला काम विषेसले काठमाण्डौमा रहेको हुदा दोधारा चाँदनी नगरपालिकामा भएको विनासको लागी केहि न केहि सहयोग गर्नु पर्छ भनेर केन्द्रीय नेतृत्व संग सर सल्लाह गरेर उपलव्ध भएको सहयोग बाट खाद्यान्य सहयोग गरिएको दोधारा चादनी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष केशव खत्रीले वताउनु भयो । साथै उहाले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर सबै भन्दा बढी क्षती भएका पटरा खल्लाका ३७ घरपरिवारलाई खाद्यान्य सहयोग गरिएको वताउनु भयो ।
पटरा खल्लाका बाढीपिडितहरु अझै पनी जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन भने विगत देखी नै दिनदुखीहरुलाई सहयोग गर्दै आएका वडाअध्यक्ष खत्रीले आगामी दिनहरुमा पनी राप्रपा र आफुले पिडितहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन ।