सार्क एजुकेसन फाउन्डेसन द्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान

कञ्चनपुर – सार्क एजुकेसन फाउन्डेसनले २०८० को माध्यमिक शिक्षा परिक्षा एसईई मा कञ्चनपुर जिल्लामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले २०८० को माध्यमिक शिक्षा परिक्षा एसईईमा कञ्चनपुर जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सार्क स्कुल संगै अन्य विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

भीमदत्त नगर शिक्षा तथा समन्वय ईकाई प्रमुख हरि दत्त जोशीको प्रमुख आतिथ्यतामा शुक्रवार महेन्द्रनगरमा आयोजित गेजुएसन समारोहमा २०८० को माध्यमिक शिक्षा परिक्षा एस ई ई मा जिल्ल भरिमै उत्कृष्ठ नतिजा ल्याउने सार्क स्कुल संगै अन्य विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

आजका यी विद्यार्थीहरु कञ्चनपुरका मात्रै नभई विश्वकै भविष्य भएको कारण उनीहरुलाई थप हौसला र उत्साह मिलोस भनेर सम्मानीत गरिएको सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कायृकारी अधिकृत लक्ष्मण वस्नेतले वताउनु भयो । सागै उहाले अवका दिनमा जुन सुकै विषय अध्ययन गरे पनी विश्व बजारमा यसको माग रहेको भन्दै सोच विचार गरेर आगामी रणनीति वनाउन पनी विद्यार्थीहरुलाई सुझाव दिनु भएको छ ।

स्थापनाको छोटो समयमा नै उत्कृष्ठ र शत प्रतिशत नतिजा ल्याउन सफल सार्क स्कुलका विद्यार्थी संगै लिटिील वुद्ध एकेडेमी, प्रभात विद्या निकेतन, सनराईज विद्यालय लगायत अन्य विद्यालयका २५ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको हो ।

 

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?