सार्क एजुकेसन फाउन्डेसन द्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान

कञ्चनपुर – सार्क एजुकेसन फाउन्डेसनले २०८० को माध्यमिक शिक्षा परिक्षा एसईई मा कञ्चनपुर जिल्लामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले २०८० को माध्यमिक शिक्षा परिक्षा एसईईमा कञ्चनपुर जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सार्क स्कुल संगै अन्य विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

भीमदत्त नगर शिक्षा तथा समन्वय ईकाई प्रमुख हरि दत्त जोशीको प्रमुख आतिथ्यतामा शुक्रवार महेन्द्रनगरमा आयोजित गेजुएसन समारोहमा २०८० को माध्यमिक शिक्षा परिक्षा एस ई ई मा जिल्ल भरिमै उत्कृष्ठ नतिजा ल्याउने सार्क स्कुल संगै अन्य विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

आजका यी विद्यार्थीहरु कञ्चनपुरका मात्रै नभई विश्वकै भविष्य भएको कारण उनीहरुलाई थप हौसला र उत्साह मिलोस भनेर सम्मानीत गरिएको सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कायृकारी अधिकृत लक्ष्मण वस्नेतले वताउनु भयो । सागै उहाले अवका दिनमा जुन सुकै विषय अध्ययन गरे पनी विश्व बजारमा यसको माग रहेको भन्दै सोच विचार गरेर आगामी रणनीति वनाउन पनी विद्यार्थीहरुलाई सुझाव दिनु भएको छ ।

स्थापनाको छोटो समयमा नै उत्कृष्ठ र शत प्रतिशत नतिजा ल्याउन सफल सार्क स्कुलका विद्यार्थी संगै लिटिील वुद्ध एकेडेमी, प्रभात विद्या निकेतन, सनराईज विद्यालय लगायत अन्य विद्यालयका २५ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको हो ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?