नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय चारदिन देखि अन्धकारमै वस्न बाध्य

कञ्चनपुर-वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय १६२ परिवार चारदिन देखि अन्धकारमै वस्न बाध्य भएका छन ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय १६२ परिवार चारदिन देखि अन्धकारमै वस्न बाध्य भएका हुन । २०६३ सालमा विद्युत सेवा नपुगेका ग्रामिण भेगहरमा नेदरल्याण्ड सरकारको अनुदान सहयोगमा विद्युत लाई विस्तार गर्ने योजना अन्तर्गत वेदकोट नगरपालिका वडा नम्वर १० मा पनी विद्युत सुचारु भएको थियो । स्थानीय बाट स्थापना कालमा महसुल बाहेक रु ६० र हाल आएर रु १२० सेवा शुलक समेत असुल गर्दै ४२ प्रतिशत नाफा हुने गरि विद्युत महसुल असुल गर्दे आएको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्था नाफामै चलिरहेको भए पनी सञ्चालक समितको लापरवाहकिा कारण अहिले मर्मत गर्न समेत पैसा नहुदा यस्तो गर्मीमा चार दिन देखि स्थानीयहरु विद्युत बाट वन्चित भएका छन ।

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको साधारण सभा बाट अहिले हरि सिह ऐडिको नेतृत्वमा नया समिती बनेको छ । नया समितीलेल हिसाव हेर्दा माईनटमा कृषि विकास बैंक शाखामा ६ लाख बढी रकम देखाईएको भए पनी अहिले विद्युत मर्मतका लागी खोजी गर्दा बैंकमा मौज्दात नरहेको वतएमा कार्यसमिति अध्यक्ष हरि सिह ऐडिले वताउनु भएको छ ।

सहकारी संस्थाका पुर्व पदाधिकारीहरुका कारण समस्या श्रृजना भएको वेदकोट १० का वडा अध्यक्ष रतन सिह विष्टले वताउनु भएको छ । वर्षातको समय छ गर्मीले वेहाल छ यस्तो अवस्थामा सहकारी संस्थाका पुर्व पदाधिकारीहरु सम्पकै विहिन हुनु र बैंक मौज्दात नहुनुका कारण समस्या भएको हुदा सबै मिले समस्या समाधान गर्नु पर्ने उहाको तर्क रहेको छ ।

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको हिसाव किताव राख्दै आएका प्राविधिक गज वहादुर वोहराले काम गर्ने वातावरण नभउको भन्दै राजिनामा दिएका छन । आफुले कुनै रकम हिनामिना नगरेको तर महसुल उठाउन बाकी रहेको हुदा बेंक मौज्दात निकालेर विद्युत महसुल तिर्नु परेको उहाको भनाईरहेको छ ।

कञ्चनपुरमा अत्याधिक गर्मी रहेका वेला चार दिन सम्म विद्युत बाट वन्चित रहनु पर्दा वेदकोट नगरपालिका वडा नम्वर १० कान स्थानीयहरुको वेहाल भएको छ । चार दिन अघि विग्रेको विद्युतको ट्रान्समिटर मर्मत गर्न सहकारी संग पैसा नहुदा यस वडाका १६२ परिवारको विद्युत सुचारु ह्ुन सकेको छैन । समयमै विद्युत सेवा सुचारु गरि दिन स्थानीयहरुले अनुरोध गरेका छन ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?