नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय चारदिन देखि अन्धकारमै वस्न बाध्य

कञ्चनपुर-वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय १६२ परिवार चारदिन देखि अन्धकारमै वस्न बाध्य भएका छन ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय १६२ परिवार चारदिन देखि अन्धकारमै वस्न बाध्य भएका हुन । २०६३ सालमा विद्युत सेवा नपुगेका ग्रामिण भेगहरमा नेदरल्याण्ड सरकारको अनुदान सहयोगमा विद्युत लाई विस्तार गर्ने योजना अन्तर्गत वेदकोट नगरपालिका वडा नम्वर १० मा पनी विद्युत सुचारु भएको थियो । स्थानीय बाट स्थापना कालमा महसुल बाहेक रु ६० र हाल आएर रु १२० सेवा शुलक समेत असुल गर्दै ४२ प्रतिशत नाफा हुने गरि विद्युत महसुल असुल गर्दे आएको नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्था नाफामै चलिरहेको भए पनी सञ्चालक समितको लापरवाहकिा कारण अहिले मर्मत गर्न समेत पैसा नहुदा यस्तो गर्मीमा चार दिन देखि स्थानीयहरु विद्युत बाट वन्चित भएका छन ।

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको साधारण सभा बाट अहिले हरि सिह ऐडिको नेतृत्वमा नया समिती बनेको छ । नया समितीलेल हिसाव हेर्दा माईनटमा कृषि विकास बैंक शाखामा ६ लाख बढी रकम देखाईएको भए पनी अहिले विद्युत मर्मतका लागी खोजी गर्दा बैंकमा मौज्दात नरहेको वतएमा कार्यसमिति अध्यक्ष हरि सिह ऐडिले वताउनु भएको छ ।

सहकारी संस्थाका पुर्व पदाधिकारीहरुका कारण समस्या श्रृजना भएको वेदकोट १० का वडा अध्यक्ष रतन सिह विष्टले वताउनु भएको छ । वर्षातको समय छ गर्मीले वेहाल छ यस्तो अवस्थामा सहकारी संस्थाका पुर्व पदाधिकारीहरु सम्पकै विहिन हुनु र बैंक मौज्दात नहुनुका कारण समस्या भएको हुदा सबै मिले समस्या समाधान गर्नु पर्ने उहाको तर्क रहेको छ ।

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको हिसाव किताव राख्दै आएका प्राविधिक गज वहादुर वोहराले काम गर्ने वातावरण नभउको भन्दै राजिनामा दिएका छन । आफुले कुनै रकम हिनामिना नगरेको तर महसुल उठाउन बाकी रहेको हुदा बेंक मौज्दात निकालेर विद्युत महसुल तिर्नु परेको उहाको भनाईरहेको छ ।

कञ्चनपुरमा अत्याधिक गर्मी रहेका वेला चार दिन सम्म विद्युत बाट वन्चित रहनु पर्दा वेदकोट नगरपालिका वडा नम्वर १० कान स्थानीयहरुको वेहाल भएको छ । चार दिन अघि विग्रेको विद्युतको ट्रान्समिटर मर्मत गर्न सहकारी संग पैसा नहुदा यस वडाका १६२ परिवारको विद्युत सुचारु ह्ुन सकेको छैन । समयमै विद्युत सेवा सुचारु गरि दिन स्थानीयहरुले अनुरोध गरेका छन ।

ताजा खबर

जनयुद्ध दिवस : कञ्चनपुरमा दिप प्रज्वलन

पुजा चौधरी कञ्चनपुर, फागुन १ ३० औँ जनयुद्ध दिवसको अवसरमा...

भृकुटी माविको ५५ औँ बार्षिकोत्सव, शैक्षिक गुणस्तरमा जोड 

धर्म सिह धामी, महेन्द्रनगर फागुन १  कञ्चनपुर भीमदत्त नगरको एक...

उत्थानशील युवा सञ्जाललाई ‘विपद् पूर्वानुमान तथा प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण

पप्पु गुरुङ्ग, दोधारा ०१ फागुन । कञ्चनपुरमा उत्थानशील युवा सञ्जाललाई...

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?