सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गर्दै भेटेरिनरी अस्पताल, १३३ कुकरको बन्ध्याकरण पछी भ्याक्सिन लगाएर छोडियो

कञ्चनपुर-कञ्चनपुरमा रेविज रोग बढ्रदै गए पछी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गरेको छ ।


कञ्चनपुर जिल्लामा रेविज रोग बढ्रदै गए पछी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गरेको हो । जिल्ला भित्र कुकुरले टोकेका पशु चौपायाहरुमा परिक्षण गर्दा अत्याधिकमा रेविजको संक्रमण देखिन थाले पछी जिल्ला भित्र रहेका छाडा कुकुरहरुको बन्ध्याकरण संगै रेविजको भ्याक्सिन लगाई छोडीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले वताउनु भयो । रेविज लागे पछी यसको कुनै उपचार नहुने भएका कारण रोग लाग्न नदिनु पर्ने हुदा कुकुरहरुको संख्या वृद्धी हुन वाट रोकी रेविज रोग न्यूनिकरण गर्न शनिवार र आईतवार दुई दिन सामुदायीक कुकरहरु बन्ध्याकरण गरि भ्याक्सिन लगाउने कार्यक्रम गरेको समेत उहाले वताउनु भयो ।
शनिवार र आईतवार गरि १ सय ३३ वटा सामुदायीक छाडा कुकरहरुको बन्ध्याकरण गरि रेविज भ्याक्सिन लगाएर छोडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । सामुदायीक छाडा कुकरहरुको बन्ध्याकरण पछी उनीहरको संख्यामा समेत वृद्धी नहुने तथा रेविज रोग न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?