सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गर्दै भेटेरिनरी अस्पताल, १३३ कुकरको बन्ध्याकरण पछी भ्याक्सिन लगाएर छोडियो

कञ्चनपुर-कञ्चनपुरमा रेविज रोग बढ्रदै गए पछी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गरेको छ ।


कञ्चनपुर जिल्लामा रेविज रोग बढ्रदै गए पछी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सामुदायीक छाडा कुकुरहरुको बन्ध्याकरण गरेको हो । जिल्ला भित्र कुकुरले टोकेका पशु चौपायाहरुमा परिक्षण गर्दा अत्याधिकमा रेविजको संक्रमण देखिन थाले पछी जिल्ला भित्र रहेका छाडा कुकुरहरुको बन्ध्याकरण संगै रेविजको भ्याक्सिन लगाई छोडीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले वताउनु भयो । रेविज लागे पछी यसको कुनै उपचार नहुने भएका कारण रोग लाग्न नदिनु पर्ने हुदा कुकुरहरुको संख्या वृद्धी हुन वाट रोकी रेविज रोग न्यूनिकरण गर्न शनिवार र आईतवार दुई दिन सामुदायीक कुकरहरु बन्ध्याकरण गरि भ्याक्सिन लगाउने कार्यक्रम गरेको समेत उहाले वताउनु भयो ।
शनिवार र आईतवार गरि १ सय ३३ वटा सामुदायीक छाडा कुकरहरुको बन्ध्याकरण गरि रेविज भ्याक्सिन लगाएर छोडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । सामुदायीक छाडा कुकरहरुको बन्ध्याकरण पछी उनीहरको संख्यामा समेत वृद्धी नहुने तथा रेविज रोग न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

ताजा खबर

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी कञ्चनपुर २८ माघ । कञ्चनपुरको महेन्द्रनगर खुला...

कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

  कञ्चनपुर २८ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय...

नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ । ‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?