लालझाडीको सोह्रौँ गाउँ सभा अधिवेशन : आर्थिक वर्ष २०८१।०८२ को बजेट रु. ५१ करोड ८३ लाख ७ हजार

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि रु। ५१ करोड ८३ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । गाउँ सभा अधिवेशनलाई विशेष सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री वीर बहादुर थापाले प्रदेश सरकारबाट लालझाडी गाउँपालिकाका लागि विनियोजित बजेट पर्याप्त नभए पनि आगामी दिनमा बजेटका लागि पहल गर्ने बताउँदै बजेट आउनु भन्दा केही दिन अगाडि मात्रै मन्त्री नियुक्त भएकोले अहिलेको बजेटमा धेरै योजनाहरू समावेश गर्न नसकिएको बताउनु भयो ।

ूसन्तुलित विकास एवम् दिगो पूर्वाधारस समृद्ध लालझाडीको आधारू भन्ने मूल अभिप्रायका साथ लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ । त्यस्तै गाउँपालिकाले वडा नम्बर १ लाई ४५ लाख, वडा नम्बर २ लाई ४० लाख, वडा नम्बर ३ लाई ४१ लाख, वडा नम्बर ४ लाई ५० लाख, वडा नम्बर ५ लाई ३६ लाख र वडा नम्बर ६ लाई ३६ लाखसम्मको रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले आइतबार नै उक्त नीति तथा कार्यक्रम र बजेट पारित गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
नेपाल बोध डट कम बाट साभार

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?