लालझाडीको सोह्रौँ गाउँ सभा अधिवेशन : आर्थिक वर्ष २०८१।०८२ को बजेट रु. ५१ करोड ८३ लाख ७ हजार

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि रु। ५१ करोड ८३ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । गाउँ सभा अधिवेशनलाई विशेष सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री वीर बहादुर थापाले प्रदेश सरकारबाट लालझाडी गाउँपालिकाका लागि विनियोजित बजेट पर्याप्त नभए पनि आगामी दिनमा बजेटका लागि पहल गर्ने बताउँदै बजेट आउनु भन्दा केही दिन अगाडि मात्रै मन्त्री नियुक्त भएकोले अहिलेको बजेटमा धेरै योजनाहरू समावेश गर्न नसकिएको बताउनु भयो ।

ूसन्तुलित विकास एवम् दिगो पूर्वाधारस समृद्ध लालझाडीको आधारू भन्ने मूल अभिप्रायका साथ लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ । त्यस्तै गाउँपालिकाले वडा नम्बर १ लाई ४५ लाख, वडा नम्बर २ लाई ४० लाख, वडा नम्बर ३ लाई ४१ लाख, वडा नम्बर ४ लाई ५० लाख, वडा नम्बर ५ लाई ३६ लाख र वडा नम्बर ६ लाई ३६ लाखसम्मको रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले आइतबार नै उक्त नीति तथा कार्यक्रम र बजेट पारित गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
नेपाल बोध डट कम बाट साभार

ताजा खबर

बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग बेलडाँडी ०३ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?