नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसंग मेयर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
गत बर्षदेखि नगरपालिकाले ‘नागरिकसंग मेयर कार्यक्रम’ संचालन गरेको थियो ।

गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा नागरिकसंग मेयर कार्यक्रम’ बाट २० हजार नागरिकले घरमै स्वास्थ सेवा पाएका छन । कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिह विष्टले गत बर्षदेखि नगरपालिकाको स्वास्थ्यकर्मीको टोली घरघर गएर स्वास्थ्य चेकजाँच उपचार गरेको बताए । उनका अनुसार गत बर्ष ०७९÷८० मा १३ हजार र चालु आर्थिक बर्ष ०८०÷८१ को जेठ मसान्तसम्ममा ७ हजार नागरिकलाई स्वास्थ्य सेवा दिएको बताए । चालु बर्षमा १५ हजार नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्य रहेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टोली सहित हामी नागरिकका घर घर पुगेर १५ बर्षदेखि माथिका सबै नागरिकको स्वास्थ्य चेकजाँच, उपचार एव नसकिने बिरामीलाई रिर्फर गरेका छौँ, ‘उनले भने, ‘चालु आर्थिक बर्ष ०८०÷८१ मा पनि १ नम्बर वडादेखि शुरुवात गरेर अहिले ५ नम्बर वडामा पुगेका छौँ, बाँकी ५ देखि सम्मका वडाहरु समेत तीन साताभित्रै सक्छौँ ।’
नागरिकलाई घरमै गएर स्वास्थ्य चेकजाँच, उपचार, परामर्स देखि पालिका स्तर भन्दा माथिका अस्पतालमा रिर्फर गर्दै आएको बताए । हामीले चेकजाँचसंगै निःशुल्क औषधी वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘स्वास्थ्य परामर्सका साथै उच्च बिरामीलाई सुविधा युक्त अस्पतालमा रिफर गर्दै आएका छौँ ।’
घर घरमा नागरिकको स्वास्थ्य चेकजाँचसंगै गाँउ वडामा थप जटिल समस्या देखिएर दोस्रो चरणमा स्वास्थ्य शिबिर मार्फत समेत उपचार गर्दै आएको उनले बताए । स्वास्थ्य शिबिरमा ल्याब सेवा, नाकनाकघाटी, पेटछाती, स्त्रीरोग, बाल रोग जनरल फिजिसियन सहितको विशेषज्ञ स्वास्थ्य सेवा संचालन गरिरहेको बताए । उनले नसर्ने रोगहरुलाई समेत प्राथमिकतामा राखेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । स्थानीय सरकारले घरघरमै आएर स्वास्थ्य सेवा प्रदान गर्दै आएपछि नागरिक समेत लाभान्वितका साथै हर्षित भएका छन ।
कृष्णपुरका स्थानीय पदम हमालले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर घरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरिरहेको बताए । ‘हामीलाई स्थानीय सरकार भएको अनुभूति भएको छ, ‘उनले भने, ‘यसरी सरकारले हामी जनताको स्वास्थ्यमा ध्यान दिएर उपचारबाट हामी खुसी भएका छौँ ।’ स्वास्थ्य जस्तै अन्य सेवा समेत यसरी घरदैलोमै पुगेर दिनुपर्ने उनको सुझाव छ ।

कृष्णपुर नगरका अर्का स्थानीय अगुवा दिल बहादुर देउवाले स्थानीय सरकारले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेकोे कामकाज प्रभावकारी बनिरहेको बताए । ‘हाम्रो गाँउघरतिर अधिकाँस सुगर, प्रेसरका बिरामी छन, उनीहरुले नियमित चेकजाँच नगरेर ज्यान नै धरापमा पर्छ, स्थानीय सरकारको स्वास्थ्यकर्मी टोलीले समयमै घरमै पुगेर उनीहरुको स्वास्थ्य चेकजाँचले थप सुविधा पुगेको छ ।’ कृष्णपुर नगरका मेयर हेमराज ओझाले संविधानमै नागरिकको आधारभूत स्वास्थ्य सेवाको व्यवस्थाको नगरका जनतालाई अनुभूति दिलाउने उदेश्यले कृष्णपुर नगरमा नागरिकसंग मेयर कार्यक्रम संचालन गरेको बताए । ‘हामीले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप स्वास्थ्य र शिक्षामा उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, ‘उनले भने, ‘स्वाथ्य क्षेत्रमा थुप्रै प्रयास भएका छन ।’ नागरिकलाई नगरमै २४सै घण्टा आधारभूत स्वास्थ्य सेवा प्रदानका गरिरहेको बताउँदै मेयर ओझाले त्यही अनुरुप छुट्टै स्वास्थ्यकर्मीको टोली बनाएर घरघरमै पुगेर उपचार गरिरहेको बताए । सेवाका दौरानमा हामीले सबै नागरिकको स्वास्थ्य अवस्थाको अध्ययन समेत गरिरहेका छौँ, ‘उनले भने, ‘अपाङ्गता भएका, गर्भवती र अशक्त बिरामीलाई उच्च प्राथमिकतामा साथ उपचार गरिरहेका छौँ ।’

नियमित औषधी सेवन गरिरहेका बिरामी, टुहरा, बेसाहरा एव अशक्तहरुलाई समेत आवश्यक थप सेवा सुविधा दिएरै भएपनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । ‘यो कार्यक्रमबाट गाँउघरका नागरिकको औषधीमा हुने ठुलो धनराशी खर्च पनि बचेको छ, ‘मेयर ओझाले भने, ‘घरमै उपचार पाएपछि बाह्यी अस्पताल गएर ठुलो धनराशी खर्च गर्नु परेन, त्यो रकम अन्य कामकाजका लागि खर्च गर्न सहज भएको छ ।’ आगामी दिनमा घरदैलो स्वास्थ्य अभियान थप प्रभावकारी बनाउँदै नगरका जनता स्वस्थ बनाउने लक्ष्य रहेको मेयर ओझाले बताए ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?